विद्यालय मर्मत कार्यबाट पाचसय वालवालिका लाभान्वित


जाजरकोट /विद्यालयको कक्षाकोठा तथा खानेपानी मर्मत कार्यवाट ५ सय भन्दा बढी वालवालिका लाभान्बित भएका छन । कक्षाकोठाको ब्यवस्थापन अभाब तथा खानेपानीको अति समस्या भएका विद्यालयका बालवालिकाले सो सेवा पाएका हुन । छेडागाड नगरपालिकाको अधिकांस विद्यालयमा पीउने पानी तथा कक्षा कोठा ब्यवस्थापनको समस्याले सिकाइ वातावरण प्रभावित भएको अवस्थामा उक्त ६ विद्यालयमा मर्मत सहयोग गरिएको हो ।
पिउने पानीको कारण वालवालिकाले कक्षा छोडनु पर्ने वाध्यता रहेको विद्यालयले ब्यवस्थापनले बताएको छ । “पानी पीउनकालागि नै विद्यार्थीले कक्षा छाडेर घर जानु पर्ने वाध्यता थियो एकिकृत परियोजना को सहयोग पश्चात वालवालिकालाइ विद्यालयमा सहजै पीउने पानीको ब्यवस्था भएको छ”, भन्नुहुन्छ, विरेन्द्र आधारभुत विद्यालय दशेराका विद्यालय प्रधानाध्यापक हर्क बहादुर बुढा । यो सहयोगले वालवालिकाको सिकाइ बातावरणमा सहयोग गर्ने समेत उहाले बताउनु भयो ।
गुणस्तरिय सिकाइ बाताबरण निर्माण गरि शिक्षण सिकाइ क्रियाकलाप प्रभाबकारी बनाउन सञ्चालन गरिएको उक्त मर्मत कार्य छेडागाड नगरपालिका अन्तरगतका चार विद्यालयमा खाने पानी धारा निर्माण, मर्मत तथा तीन विद्यालयको ११ कक्षाकोठा ममत कार्यवाट २ सय २८ वालिका तथा २ सय ६३ वालक गरि जम्मा ४सय ९१ जनाका लागि सिकाइ वातावरण निर्माण भएको हो ।
एकिकृत परियोजना अन्तरगत सबैकालागि पढाइ कार्यक्रम वाट ९ लाख ६५ हजार तथा समुदायमो करिव ३ लाख बरावरको को लागतमा उक्त कार्य सम्पन्न भएको सेभ द चिल्डेन एकिकृत परियोजना जाजरकोट कार्यक्रम संयोजक मनोज कुमार सुनुवारले बताउनु भयो ।
कक्षा केठा मर्मतको सहयोग प्राप्त गर्नेहरुमा विरेन्द्र आधारभुत विद्यालय दशेरा, अन्नपुर्ण आधारभुत विद्यालय झाप्रा तथा पशुपति आधारभुत विद्यालय सुवानाउली रहेका छन भने खानेपानी मर्मतको सहयोग प्राप्त गर्नेमा दुर्गा आधारभुत विद्यालय पजारु, प्रगति आधारभुत विद्यालय झाप्रा, विरेन्द्र आधारभुत विद्यालय दशेरा, महादेव आधारभुत विद्यालय सुवानाउली रहेको पाचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यकारी निर्देशक छवि पन्तले बताउनु भयो ।










