सडक सञ्जाल विस्तारले स्थानीय खुसी

जाजरकोटः पाँच वर्ष भित्र यहाँको कुशे गाउँपालिका भित्रका सवै वडामा सडक पुगेको छ । गाउँपालिका भित्र रहेका ९ वटा वडा भित्रको १ सय किलोमिटर सडक विस्तार भएका गाउँपालिकाले जनाएको छ । केन्द्रीय वजेट देखि गाउँपालिकाको करिव ४ करोड वजेट परिचालन गरि सडक विस्तार भएको हो ।
कुशेगाउँपालिका भित्र सडक निर्माण गर्न थालेको करिव ५ वर्ष भित्र ९ वडामा १२ वटा क्षेत्रमा सडक विस्तार भएको छ । केन्दीय योजना अनुसार ५ वर्ष भित्र जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पाँचकाटिया, दम्दाला, ढीमे, खुर्पा लगायत गाउँ मात्र सडक पहुँचमा यो भन्दा अगाडी रहेका थियो भने पछेल्लो दुई वर्षको अन्तररालमा कुशेगाउँपालिकाका सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो  ।
कुशेले वडा १ मा २५ लाख बजेटमा ६ किलोमिटर दूरीको तारेचौर वडा कार्यालय सडक, वडा २ मा ९७ लाखले २५ किलोमिटरको डेब्रा वडा कार्यालय–तिमिल्धारा हुँदै हिले सडक र २० लाखले गैरीखेत–डेब्रेडाँडा ८ किलोमिटर सडक विस्तार गरिएको छ । त्यस्तै वडा ३ मा ५० लाखले ७ किलोमिटरको टापुचौर–डाँडाभौता सडक, वडा ४ मा ६५ लाखमा १५ किलोमिटरको टापुचौर–तागाचौर हुँदै वडा केन्द्र दतीउर पुग्ने सडक र वडा ६ मा ६५ लाखमा १२ किलोमिटर साधीबिसाउन–गाउँपालिका केन्द्र थर्पु सडक निर्माण भएको छ ।
यसैगरी कुशे गाउँपालिकाले वडा ५ मा ४० लाखमा ८ किलोमिटर दम्दाला–बाटुले सडक, २८ लाखमा १० किलोमिटर साधीबिसाउन–जहरगाउँ सडक, वडा ७ मा ५० लाखमा पानीमूल–समाइला, २५ लाखले ६ किलोमिटरको समाकोट–गुमौरी सडक र वडा ८ तथा ९ मा ३२ लाखले ३ किलोमिटरको पँधेरीखोला–पैंक सडक निर्माण गरेको हो । ‘जुम्ला–जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण गरिएको छ । जुम्ला जोड्ने सडकमा पनि निर्माणको लागि केन्द्रबाट सवै खालको प्रयास भईरहेको सांसद सत्य पहाडीले जानकारी दिनुभयो । 
कुशेका ८० प्रतिशत गाउँ सडकसँग जोडिएका छन्  । कुशे सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थर लगायत खनिज र सयांै प्ररकारका जडीबुटीले धनी गाउँपालिका मानिन्छ ।

तस्बिर कालीप्रसाद थापा ।




सम्बन्धित समाचार


error: Content is protected !!