कहाँ हुने भयो सन् २०२६ को विश्वकप

काठमाण्डौ । सन् २०२६ मा हुने विश्वकप फुटबल संयुक्त रुपमा तीन देशले आयोजना गर्ने भएका छन् ।

आयोजनाको अगुवाइ अमेरिकाले गर्ने भएको छ भने क्यानडा र मेक्सिकोमा पनि विश्वकप आयोजना हुनेछ । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।

फिफा कंग्रेसमा भएको मंगलबार भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पाएको थियो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् ।
सन् २०२२ को विश्वकप कतारमा हुनेछ ।




सम्बन्धित समाचार


error: Content is protected !!