पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको २१ औ वार्षिक साधारण सभा सम्पन्न, अगामी वर्षलाई बाल विवाह विरुद्धको वर्ष

अन्जु भट्टराई
जाजरकोट ३० जेठ ,पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २१ औ वार्षिक साधारण सभा मंगलवार सम्पन्न गरिएको छ । संस्थाको कार्यसमिति अध्यक्ष रामजंग शाहको अध्यक्षता, जिल्ला समन्वय समिति संयोजक मन ब. रावलको प्रमुख आतिथ्यता, गैरसरकारी संस्था महासंघ, जाजरकोटका प्रमुख विर ब बस्नेत र सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा को विशेष आतियथ्तामा कार्यक्रमको उद्घाटन सत्र बृद्धाश्रम हल ठाटिमा आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक रविन्द्र सिंह, जिल्ला का अन्य विषयगत निकायका प्रमुख हरु, उधोग बाणिज्य संघ, पत्रकार, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैह्र सरकारी संघ संस्थाका प्रमुख र संस्थाका साधारण सदस्य, कर्मचारी र अन्य शुभेच्छुक हरुको उपस्थिति रहेको थियो । संस्थाको परिकल्पना, लक्ष्य उद्धेश्य र रणनैतिक योजना सहित अगाडिका आर्थिक वर्षमा गरिएका समग्र कार्य र संस्थाको संरचना सहितको सांगठनिक प्रतिवेदन कार्यसमिति उपाध्यक्ष आशा कार्की द्धारा प्रस्तुत गरिएको थीयो भने आर्थिक प्रगति प्रतिवेदन कार्यसमिति सदस्य बलराम शाह द्धारा प्रस्तुत गरिएको थियो। जसमा आ.व २०७४÷०७५ मा संस्थाद्धारा सञ्चालित कायक्रमहरुमा दातृ निकाय वाट आएको कुल रु. ३,९४,१५,७८६ मध्य रु ३,८६,४९,७६८ खर्चको आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जाजरकोटको समग्र विकासकार्यमा यस संस्थासँग साझेदारको भुमिका निर्वाह गर्दै आउने दातृनिकाय सेभ द चिल्ड्रेन, विश्व शिक्षा र फन्ड बोर्डलाई कदर पत्र सहित सम्मान गरिएको थियो । जिल्ला समन्वय समिति जाजरकोटको संयोजक मन ब रावलले पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जिल्लामा उदाहरणीय कार्य गरेको अनुगमनका क्रममा आफुले देखेको प्रशंसा गर्दै सरकार सहयोगी संस्थाका रुपमा जिल्लामा रहेको बताउनु भयो र उहाले आगामी दिनमा सेवा क्षेत्र विस्तार गर्न सुझाव पनि प्रदान गर्नुभएको थियो ।
सभाको बन्द सत्रबाट संस्थालाइ अझ मजवुत बनाउदै लानका लागि संस्थाको विधान २०५३, आर्थिक प्रशासन नियमावलि २०६५, कर्मचारी सेवा नियमावलि २०६५, सु शासन निति २०६८, बालसंरक्षण निति २०६९, लैगिंक समानता तथा सामाजिक समावेशीकरण निति, २०६९ मा परिमार्जन सहितको संसोधन गरि अनुमोदन गरिएको छ । यसैगरि, सभावाट संस्थाले आगामि आर्थिक वर्षलाई बालविवाह न्युनिकरणको वर्ष मनाउने भनि निर्णय गरेकोे छ ।
जसअन्र्तगत संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य, कर्मचारी हरुले बालविरुद्ध अभियानका लागि ७ बुदे साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । जसमा आफ्नो घर परिवारमा बालविवाह पुर्ण रुपमा निषेध गर्ने , बाल विवाहको भोज, निम्तो, जन्ति, बाजा वहिष्कार गर्ने, बालविवाह लाई वढावा दिने प्रोत्साहि गर्ने कुनै पनि काम हरु नगर्ने तथा समुदायमा बालविवाह न्यनीकरणका लागि पैरव गर्ने , कार्यक्रम हरु सञ्चालन गर्ने जस्ता प्रतिवद्धता हरु रहेका छन् । संस्थाका अध्यक्ष रामजंग शाहले संस्थाको रणनैति योजना २०७५ – २०७८ मा पनि बाल विवाह न्युनीकरण सम्बन्धि विभिन्न रणनैति क्रियाकलापको निर्माण गरि कार्यान्वयनमा ल्याउने प्रतिवद्धता रहेको जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!