बिगत एक हप्ता देखि बामे सडक अवरुद्ध

ईन्द्रवहादुर वुढाथोकी
सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको बामे र निगाल्चुला जाने सडक बिगत १८ गते आएको अविरल वर्षाको कारण बन्द भएको छ । नगरपालिकाको वडा न २, ३, ४ र निगाल्चुलाको १२ नम्बर वडाका जनतालाई सडक अवरुद्ध हुदा समस्या भएको वडा न २ का अध्यक्ष प्रतिमल बुढाले जानकारी दिनु भएको छ । अध्यक्ष बुढाका अनुसार सडक अवरुद्ध हुदा दैनिकी उपभोग्य समान ओसारपसार लगाएत यात्रुहरुलाइ आवतजावतमा समस्या हुदा हिडेर आउना बाध्य भएको छन । अविरल वर्षाका कारण सडकमा खाल्डाखुल्डी पार्नुको साथै जताततै पानीले च्यातेका कारण जिप सन्चालन हुना सकेको छैन । उक्त सडमा दुई वटा जिप सन्चालनमा आएका थिए ।
सल्यानको बनगाड र सुर्खेतको सिम्ता क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउपालिकामा ४ दिन देखि नेपाल टेलिकमको स्काइ र नमस्तेक टेलिफोन सेवा अवरुद्ध हुदा त्यस क्षेत्रका नागरिक फोन सेवा बाट बन्चित भएका छ्न । नेपाल टेलिकमको टावरमा समस्या आउदा फोन सेवा अवरुद्ध भएको छ । भने विगत लामो समय देखि नेपाल टेलिकममा समस्या आउदा कार्यालय १०, ४ को समयमा मात्र फोन सन्चालनमा आउने गर्दछ ।










