दुई दिन देखि छेडा — थलह सडक खण्ड अबरुद्ध


जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका वडा न १ देखि छेडागाड नगरपालिका वडा न ५ थलह सम्म को सडक खण्ड दुई दिन देखि अवरुद भएको छ । सोमवार राति परेको अविरल बर्षाका कारण छेडा थलह सडक खण्डको अबरुद हुँदा यात्रुहरु समस्यामा परेका छन् ।
अविरल वर्षाका कारण ठाँउ ठाँउमा पहिरोले बाटो अवरुद्ध बनाएका कारण यातायातका साधन सुचारु हुन नसकेको हुँन् । अवरुद्ध सडक खुलाउँनका लागि छेडागाड नगरपालिकाले स्काभेटर प्रयोग गरि भोली सम्म खुल्न सक्ने बताएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारी अनुसार कर्मचारिलाइ एथलगत अध्ययन गरि क्षतिको विषय संकलन गर्न पठाएको छ । बाटो अवरुद्ध संगै शिबालय गाउँपालिका , छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका स्थानीयलाई समस्या भएको हो ।










