सिंगापुरको यस्तो होटलमा भेट गर्दैछन् ट्रम्प र किम जोङ

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता सिंगापुरको ‘सेन्तोसा आइल्याण्ड’मा हुने भएको छ ।

दुई नेताबीच सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता हुने हृवाइट हाउसले जनाएको छ । ट्रम्प–किम १२ जुनमा विहान ९ बजे उक्त होटलमा भेट्दैछन् ।

सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ । आइल्याण्डको दक्षिण पश्चिमी तटको करिव एक किलोमिटर विशेष क्षेत्रमा पर्छ ।

उनीहरुलाई गोरखाली सेनाले सुरक्षा दिनेछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!