समयममा काम नसक्ने निर्माण व्यवसायी बम पक्राउ

जुम्ला ः नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुल निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिकोजिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ ।
निर्माण व्यवसायी बमलाई जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरीले जेठ २२ मा तिला गाउँपालिकाको कुडारी त्रिवेणीबाट पक्राउ गरेको हो ।
रश्मि निर्माण सेवा कालिकोटका प्रोपाईटर रहेका बंमले जिम्मा लिएको काम समयमा निर्माण सम्पन्न नगरेकोले उपस्थितिका लागि मुगु प्रशासनले दिएको निर्देशन अनुसार, पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डा। तपन दाहालले बताए । उनले भने ‘निर्माण व्यवसायीलाई पक्राउ गरी आज मुगु पठाएको छ ।’
मुगुको सबैभन्दा ब्यस्त सडक गमगढी ताल्च सडक खण्ड अल्पत्र अवस्थामा छाडेर, बेला बखत ताकेता गर्दा पनि ठेकेदारले कुनै वास्ता नगरेकोले सडक निर्माण कार्यमा ढीलाई भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
डिभिजन कार्यलयका अनुसार, ठेकेदार बमले कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको जुफिता घाटको पुललगायत अन्य कयौं आयोजना अल्पत्र अवस्थामा छोडेका छन् ।
कामको सम्झौता अनुसार, सडक खन्ने, ग्याविन भर्ने, ग्रावेल र सोलिङ्ग गर्नेलगायतको सम्झौता गरिए पनि हाल सम्म २५ प्रतिशत काम मत्र भएको र ठेकेदार बम कुनै सम्पर्कमा नभएकोले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको भनाइ छ । निज लाई कामको बारेमा थप जानकारी लिने, सडक खण्ड ढीलाइर् हुनुको कारण बुझेर थप कारर्वाही अगाडि बढाइने उनले बताए ।
जिल्लाको निर्माण क्षेत्रमा काम गर्दै आएका ठेकेदार, निर्माण ब्यवसायि र उपभोक्ता समिति हरुको बिवरण पनि सम्वन्धित निकायमा बुझेर प्रक्रिया अगाडि बढ्ने अधिकारीले बताए । उनका अनुसार, कसैको कार्य गलत देखिएमा तत्काल कार्वाइको दाहेरामा ल्याइने छ । काम ढिलो गर्ने ठेकेदारलाई मुगुमा कडा पहल गरेर कानुनी दाहेरामा ल्याइने उनले बताए ।
यस्तै नेपाल खाद्य संस्थान शाखाको भवन निर्माण कार्यमा ढिलाइ गरेका जुद्द यण्ड पूर्ण निर्मला जे।भि दाङ्ग तुल्सीपुरका ठेकेदार पूर्णबहादुर भण्डारीलाई पनि तत्काल जिल्लामा उपस्थित गराउन प्रक्रिया अगाडि बढेको छ ।
ठेकेदार भण्डारीले ०६६ बैशाख १५ मा ८७ लाख ३७ हजारमा सम्झौता गरिएको खाद्य संस्थानको भवन हालसम्म अल्पत्र अवस्थामा छोडेका छन् । उनले ०६६ माघ मसाम्तसम्म काम सक्ने गरी सम्झौता गरेका थिए ।








