आवश्यकता आधारमा पार्टी कमिटीहरुको एकता हुने नेकपाका नेता प्रभाकरको भनाई

सु
र्खेत ।नेकपाका स्थायी कमिटि सदस्य तथा पूवर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आवश्यक्ताको आधारमा पार्टी कमिटीहरु गठन तथा एकता हुने बताउनुभएको छ ।
कर्णाली प्रदेशको पार्टी एकता कार्यदलका सदस्य समेत रहेका नेता शर्माले वीरेन्द्रनगरमा पत्रकार भेटघाटमा पार्टी एकताका लागि बनेको विद्यानका आधारमा पार्टी कमिटीका फर्मेशन निर्माण हुने बताउनुभयो ।
अहिले पार्टी कमिटी एकिकरणका लागि आवश्यक गृहकार्य भईरहेको भन्दै नेता शर्माले कार्यदलले तयार पारेको रिपोर्टका आधारमा केन्द्रबाट नै कमिटीको टुङ्गो लाग्ने वहाको भनाई छ ।
वहाले भन्नुभयो कोही व्यक्तीको लागि कमीटिमा थपघट गर्ने काम हुदैन् , आवश्यक्ता भन्दा अन्य कसैका कुरा प्राथमिकतामा पर्न सक्दैनन् ।
दुई ठूलापार्टीको एकताबाट जनतामा ठूलो आशा र अपेक्षा भएकाले जनताको अपेक्षा पूरा गर्नका लागि पार्टी कमिटीहरु निर्माण हुने कुरा स्पष्ट पार्नुभयो ।
फरक प्रसंगमा नेता शर्माले कर्णाली प्रेदशमा स्रोत र साधनको सम्भावनालाई पहिचान गरी प्रदेशको समृद्घिमा लाग्नुको विकल्प नरहेको वताउनु भयो ।
प्रदेश स्तरमा देखिएका कानुनी र संरचनात्मक समस्यालाई समाधान गरी प्रभावकारी रुपमा सरकारले कार्यन्वयन गर्नुपर्ने बताउदै शर्माले पार्टी एकता पछि विकासमा जनताले ठुलो अपेक्षा गरेकाले कडा मेहनत गर्न आवश्यक रहेको बताउनुभयो ।
कर्णालीमा रहेको जडीवुटी, कृषि ,पर्यटन जस्ता पुर्वाधारको विकास गरी १० वर्ष भित्र कर्णालीको मुहार फेर्नका लागि आफु लागी पर्ने प्रतिबद्धता समेत वहाले व्यक्त गर्नु भयो ।
कर्णाली प्रदेशको विकासका लागी आफुले संघिय सरकार संग पहल गर्नमा कुनै कसर बाँकी नराख्ने पनि वहाले स्पष्ट पार्नुभयो । कर्णाली प्रदेशमा न्योचित रुपमा वजेट विनियोजन नभएको भन्ने संचारकर्मीको जिज्ञासामा वहाँले कर्णालीका योजनाहरुको डि.पि.आर नभएकाले पनि कुन आयोजनामा कति रकम छुट्टयाउने भन्ने कुरा सम्भव नभएकोले अफ्ठेरो भएको बताउनुभयो ।
वहाले भन्नुभयो ‘अब डीपीआर निर्माणको काम प्रदेश सरकारले गर्नेछ भने आगामी वर्षमा केन्द्र सरकारले बजेट आवश्यक्ता अनुसार बिनियोजन गर्नेछ ।’
बजेट नपरेको हैन तर त्यो बजेट नै पूर्ण छ भन्ने अवस्था पनि छैन् वहाले भन्नुभयो । नेता शर्माले एउटा द्रुतमार्ग, भेरी करिडोर र कर्णाली करिडोर बजेटमा समेटिएको बताउनुभयो ।
जनचाहना अनुरुप ठुला योजनाहरु तथा अर्थतन्त्रलाई चलाएमान गर्न संघिय सरकार र अन्र्तराष्ट्रिय निकाय संग पनि समन्वय गरी काम गर्ने पतिवद्घता व्यक्त गर्नुभयो ।
नेता शर्माले प्रदेश सरकार आफैंले पनि प्राकृतिक स्रोत र परिश्रमी जनताको साथबाट केन्द्रले दिएको बजेटभन्दा बढी काम गर्न सक्ने बतावउनुभयो । हामी ऋण गरेर अनुदान ल्याएर केन्द्रबाट मागेर जसरी पनि कर्णालीको विकास गर्छौ ।










