डोल्पामा तेस्रो पटक खरिदार प्रथम पत्र परिक्षा सम्पन्न ६६ जना सहभागी

लेख बहादुर बुढा
डोल्पा , लोक सेवा आयोग रा.प.अन.दिृतिय श्रेणी खरिदारको प्रिटेस्ट प्रथम पत्रको परिक्षा डोल्पाको दुनै केन्द्र बाट सान्त तरिकाले सम्पन्न भएको छ । सरस्वती मावि दुनैमा शनिवार भएको परिक्षामा जम्मा ६६ जना परिक्षार्थीले परिक्षा दिएका छन । डोल्पा केन्द्रबाट लोक सेवा आयोग प्रथम पत्र प्रिटेस्टमा जम्मा १०० जना मध्य महिला १२ जना र पुरुष ५४ जना गरि ६६ जना परिक्षामा सहभागी भएका थिए भने ३४ जना परिक्षार्थीले परिक्षामा अनुउपस्थीती रहेको परिक्षा केन्द्रा अध्यक्ष पन्नलाल चौरासीयाले जानकारी दिनु भयो । हिमाली जिल्ला डोल्पामा लोक सेवा आयोगको यो तेस्रो पटक परिक्षा भएको निरिक्षक सत्या नारायन सिँहले बताउनु भयो ।




सम्बन्धित समाचार


error: Content is protected !!