यार्सागुम्वा संकलन गर्दा मृत्यू भएका परिवारलाइ राहत दिन पुर्व शान्ति मन्त्री पहाडीको सरकार संग माग


काठमाण्डौँ । पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडीले सदनमा बोल्दै डोल्पाका विभिन्न पाटनमा यार्सागुम्वा संकलन गर्दा मृत्यू भएका परिवारलाई राहत दिन सरकार संग माग गर्नुभएको छ । परिवार पाल्नकै लागि हिमालका पाटनमा संर्घष गर्दा गदै मृत्यू भएका परिवारलाई सरकारले राहत नदिए उनीहरुको परिबार समस्या पर्ने बताउननुभयो । यार्सागुम्वा संकलन कताबाट राज्यले कर लिने तर विरामी हुँदा उपचार नगर्ने कार्य नै गलत भएको उहाँले बताउनुभयो । विरामीलाई उचित उपचार र मृतकका आफन्तलाई राहत दिन सके मात्र उनीहरु प्रति राज्यले गरेको न्याय हुँने उहाँले बताउनुभयो । सदनमा बिशेष समय लिएर उहाँले भन्नुभयो कर्णालीका बिकट ठाउँमा अहिले विरामीले उपचार पाएका छैन्न । चर्को मुल्य तिरेर पनि पेट भरी खाना पाएका छैन्न , यो कुरा राज्यले हेर्नुपर्छ कि पदैन् ।
ttps://www.youtube.com/watch?v=AYV1oV0xYYY&feature=youtu.be










