कर्णाली प्रदेशको सुरक्षामा भुगोल र बिप्लब माओबादी चुनौतिः डिआईजी शाह !

दुनै(डोल्पा) १५ जेठ
भुगोल चुनौति
कर्णाली प्रदेशका सुरक्षा ब्यबस्थापनमा मुख्य चुनौति भुगोल भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी सुरेश बिक्रम शाहले बताउनु भएको छ ।
डोल्पाको भुगोल,प्रहरीको काम कारवाही र जिल्लाको सुरक्षा अवस्था अनुगमनगर्नकालागि सोमबार डोल्पा पुग्नु भएका शाहले स्थानीय पत्रकारहरुसँग कुरागर्दै यस्तो भन्नु भएको हो ।
कर्णाली प्रदेश बिकट भएकै कारणले अपराधिहरु घटना घटाएर भाग्न सफल भईरहेको र चाहेर पनि प्रहरीको अथक प्रयासबाट पनि पक्राउगर्न नसक्ने स्थिती रहेकाले सुरक्षा ब्यबस्थापनमा भुगोलनै बाधक भएको डिआईजी शाहको ठम्याई छ ।
जनशक्ति थप
कर्णाली प्रदेशको सुरक्षा ब्यबस्था मजबुद बनाउन नयाँ प्रहरी भर्नालिनुपर्ने डिआईजी शाहले बताउनुभएको छ ।यहाँको भुगोल अनुसार सुरक्षाकर्मी परिचालनगर्न नयाँ प्रहरी थप्नुपर्ने समेत उहाँको भनाई छ ।
“कर्णाली प्रदेशमा भुगोलको चुनौतिका बाबजुत पनि आफ्नै ज्यानको प्रवाह नगरि प्रहरी खटिरहेको छ,त्यसोत बिकट भुगोलका बाबजुत पनि प्रहरीको अहोरात्र खटाईले कतिपय ठुला घटनाहरुमा संलग्न अपराधिलाई समात्न प्रहरी सफल भएको छ,बिकट भुगोलका बाबजुत पनि अपराधि समात्नुलाई हामी ठुलो सफलता ठान्छौ” शाहले भन्नुभयो ।
“कर्णाली प्रदेशका अधिकाशं ठाँउमा प्रहरी भाडामा बसेको छ,आफ्नै भवन भएपनि स्थानीयले खोलाको छेउ,भिरको छेउ जस्तो जोखिम ठाउँमा स्थानीयले जग्गा दिन्छन,त्यसोत प्रहरी आफै असुरक्षित छ”शाहले थप्नुभयो ।
भुगोल सुहाउँदो जनशक्ति परिचालनमा गर्न थोरै प्रहरीले नसकिने भएकाले प्रदेश सरकारले प्रहरीको सङ्ख्या थप गर्नुपर्ने उहाँको भनाई छ ।
बिप्लब चुनौति
कर्णाली प्रदेशको अर्को मुख्य चुनौति भनेको बिप्लब माओबादी भएको डिआईजी शाहले बताउनुभएको छ ।
राज्यको स्पष्ट निर्देशन नहुँदा बिप्लब माओबादीले सुरक्षा चुनौति बढेको शाहको भनाई छ ।
“अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा विप्लब माओबादीको सुरक्षा थ्रेड धेरै छ,राज्यको स्पष्ट निर्देशन नभएले विभिन्न अपराधिक क्रियाकलाममा संलग्न बिप्लब माओबादीका कार्यकर्तालाई पनि ढुक्कसँग कानुनी कारवाही गर्न सकिएको छैन” डिआईजी शाहले भन्नुभयो ।
हिमाली जिल्लामा ट्रेनिङ सेन्टर स्थापना गरिनुपर्ने
बिकट हिमाली जिल्लामा सुरक्षाकालागि पठाईने प्रहरीहरुकालागि सम्बन्धित जिल्लामा ट्रेनिङ सेन्टरहरु स्थापना गरिनुपर्ने डिआईजी शाहको भनाई छ ।
उच्च हिमाली भु–भागमा शान्ति सुरक्षा दिनजाने प्रहरीलाई सुरक्षा सम्बन्धि आवाश्यक ज्ञान दिएर मात्र पठाउनुपर्ने उहाँको भनाई छ ।
तराईमा बसेका प्रहरीलाई सुरक्षा सम्बन्धि बिनाजानकारी सिधै उच्च हिमाली क्षेत्रहरुमा खटाउँदा बिगतका बर्षहरुमा डोल्पामात्रै दुई तीन जनाको लेक लागेर मृत्यु भएको घटना डिआईजी शाहले स्मरण गर्नुभयो ।
“सोमबार मात्रै शान्ति सुरक्षा कायमगर्न डोल्पाको उच्च हिमाल पाटन पुगेका एकजना प्रहरी जवानको बुवा बितेको र एकजनाको आफन्ति आईसीयुमा राखेको खवर आएपनि उनीहरुलाई यस्तो दुखद घडिमा पनि घर पठाउने स्थिति छैन,राज्य हामिलाई अनुमति दिईयोस हामि प्रहरी कल्याण कोषबाट हेलिकोप्टर किन्छौ यस्तै समस्यामा परेका आफ्ना सुरक्षाकर्मीको उद्धार गर्छौ” डिआईजी शाहले भन्नुभयो ।
बिभेदमा प्रहरी
कर्णाली प्रदेश प्रमुख डिआईजी शाहले राज्यलेनै अन्य सुरक्षा निकाय भन्दा प्रहरीलाई ठुलो बिभेद गरेको बताउनुभएको छ ।
“जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षा निकाय पनि प्रहरी हो,त्यसोत नागरिकको जस असजस पनि प्रहरीलेनै पाँउछ,अन्य सुरक्षा निकायभन्दा सक्रिय हुँदाहुँदै पनि राज्यले राशनमा पनि बिवेध गरेको छ” शाहले भन्नुभयो ।
अन्योलमा प्रहरी
देश संघियतमा गईसकेकाले प्रहरी संघिय वा प्रदेश सरकार कसको माताहत रहने कुरा अन्योल भएको प्रदेश प्रहरी प्रमुख डिआईजी शाहले बताउनु भएको छ ।
प्रहरीमा अन्योल रहँदा स्पस्ट निति निर्माण गरेर प्रहरीको ब्यबस्थापन गर्दै शान्ति सुरक्षा कायमगर्न समस्या भएको उहाँले बताउनुभयो ।
प्रहरीलाई स्याटलाईट फोन
“प्रदेशका डोल्पा,हुम्ला,जुम्ला,मुगु जस्ता जिल्लाका उच्च हिमाली भेगहरुमा पनि प्रहरीका उपस्थिति छ,त्यहाँका बिकट क्षेत्रहरुमा अहिलेसम्म पनि कुनै पनि सञ्चारको सुविधा छैन्,त्यसैले प्रहरी सदरमुकामबाट उत्तरी क्षेत्रमा छिर्ने बित्तिकै प्रहरी सम्पर्कबिहिन हुन्छ,चिनसँग सिमाना जोडिएका क्षेत्रहरु सुरक्षा हिसाबमा चुनौतीपुर्ण छ” डिआईजी शाहले भन्नुभयो ।
“प्रहरीको गतिविधि,कुनै घटनाको तत्काल जिल्लामा जानकारी गराउनकालागि प्रहरीलाई ठुलो समस्या छ,उत्तरी क्षेत्रहरुमा घटेका घटनाहरु एकसातासम्म पनि जिल्लामा जानकारी पाईन्छ,जिल्लामा जानकारी आउन्जेलसम्म अपराधि भागिसकेको हुन्छ,घटना सेलाई सकेको हुन्छ,त्यसोत तत्काल प्रहरी लगाएत बिभिन्न अपराधिक गतिबिधिका बिषयमा जानकारी दिनकोलागि उत्तरी क्षेत्रमा रहेका प्रहरी पोष्टहरुलाई स्याटलाईट फोन आवाश्यक छ”शाहले भन्नुभयो ।
यस्ता सामाग्रीले शान्ति सुरक्षा कायमगर्न प्रभावकारी भुमिका खेल्ने शाहको भनाई छ ।
अपराध घटाउन बिभिन्न कार्यक्रम
प्रदेशमा नागरिकलाई अझ प्रहरीसँग नजिक बनाउनकालागि झन्डै दुई दर्जन धेरै कार्यक्रमहरु लागु गरेको शाहले बताउुनभएको छ ।
अहिले पनि कतिपय नागरिकलाई कुन अपराध गरे कति दण्ड सजायहुन्छ,प्रहरीलाई खवर कसरीगर्ने जस्ता नागरिकका देखिएका अन्योललाई हटाउने थुप्रै कार्यक्रमहरु संञ्चालन भईरहेका छन्।
प्रदेशबाट तय गरिएका प्रहरी कार्यक्रमहरु मध्ये सामाजिक अपराध सम्बन्धि कार्यक्रमहरुलाई बिशेष जोड दिईएको डिआईजि शाहले भन्नुभयो ।
रामचन्द्र न्यौपाने










