डाेल्पामा यसरी मनाइयो महिनावारी स्वच्छता दिवस, यस्ता थिए दिवसका दिनमा ५ गतिविधि


दुनै(डाेल्पा) १५ जेठ
हिमालि जिल्ला डाेल्पामा विभिन्न ५ वटा गतिविधि गरेर महिनावारी स्वच्छता दिवश मनाइएकाेछ । महिनावारी सम्वन्धिका गलत धारणा र परम्परा जस्ता कुप्रर्थालाइ न्यूजिकरण गर्ने उध्येश्य का साथ प्रभात फेरिकाे समयमा पुरुष र महिलाले सन्देश मुलक प्लेकार्ड छातिमा टाँसी साङ्लाे बानायर परिक्रमा गरियकाे थियाे ।
यूवा र यूवतिहरु साङ्लाे बनाएर हिडिरहदा छाउ प्रर्था मान्ने स्थानिय भने बाटाेकाे छेउ बसेर टुलुटुलु रेरिरहेका थिय ।
प्रभात फेरिकाे अन्त्य सगै सदरमुकाम दुनैकाे बिच बजारमा सन्देश मुलक सडकनाटक प्रस्तुत गरियकाे थियाे ।
त्यसैगरि बिहान १० बजे विभिन्न १६ कार्यालयमा महिनावारी स्वच्छता सम्वन्धि ब्यानर टाँस गर्ने काम गरियकाे थियोे ।
दिउसाे १ बजेकाे समय थियाे विभिन्न गाउँ बाट जिल्ला सदरमुकाममा अाएका सहभागी सङ अन्तरक्रयाकाे अायाेवना गरियकाे थियाे ।
देशैभर महिनावारी दिवश मनाइरहदा डाेल्पाका केही ग्रामिण भेगमा भने छाउ प्रर्थाकाे बिकराल अवस्था यथावत रहेकाे रहेछ । काइके भाषिमा भने महिनावारी सम्वन्धी कुनै किशिमकाे विभेद छैन र गर्दैनाै भन्ने सन्देश अायाे ।
छाउपठी प्रर्था मान्ने युवतीले भने सात दिन सम्म बाहिर बस्नु पर्ने, कुनैपनि चिज बस्तु छुन नहुने, दुध, दहि, फलफुल, अन्य दिन जस्ताे खाना नहुने, उनिहरुका देउता रिसाउछन भनेर बाहिर बस्ने गरेकाे बाध्यता सुनाएका थिय ।
साँझ ७ वजे पछि दुनै बजारकाे राजा चाेकमा खुल्ला स्थानमा छाउपठि सम्वन्धिका विभिन्न भिडियाे , महिनावारी स्वच्छता सम्वन्धी सम्वन्धी सन्देश मुलक प्रदर्शन गरिएकाे थियाे ।
रामचन्द्र न्याैपाने










