सदरमुकाममा महिनाबारी दिवस , गाउँमा महिलाले चुलो छुन सम्म नपाउँने ?

रुपलाल बोहोरा
डोल्पा , पहिले मात्र हैन अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै दिवशहरु सबै सदरमुकाम केन्द्रीत हुने गरेका छन् । यस्ता दिवशहरु कसरी गाउ केन्द्रीत गर्ने तर्फ कसैको चासो पुगेको छैन । सोमबार बिहानै जिल्ला समन्वय समितिको प्रागंनमा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुका विशिष्ट ब्यक्तिहरुको निकै भेला देखिन्थ्यो ।
अति भयो ,महिनावारीका सबै सिमा तोडौँ ,महिना वारी स्वच्छता दिबश २८ मे २०१८ को दिन मा मा डोल्पामा पनि सदरमुकाम मनाईएको छ । कार्यक्रम को सुरुवाती मा सबैले नाराहरु र ब्यानर प्ले कार्ड बोकेका हरु फोटो खिच्दै गर्दा केहीले बाहिर गाउँमा यस्ता कार्यक्रम नगरे सम्म कुनै प्रभाबकारी हुदैन भन्दै कानेखुसी गर्दै गरेको देखिन्थ्यो ।
यो दिवशमा महिनावारी प्राकृतीक प्रक्रिया हो यो लाज नभई गर्भ को विषय हो , यस बारे खुलेर कुरा गरौँ,महिनावारी सम्बन्धि गलत धारणा र अभ्यासको अन्त्य गरौँ । भन्दै बजार परिक्रमा गरेर यो कुसस्कार को अन्त्य हने भए त उ बेला देखी धेरै कार्यक्रम,अन्त्ररक्रिया ,गोष्ठी सबै भएकै थै कति भयो त ब्यबहारमा पविर्तन भन्दै गर्दा केही नभएका पनि हैन सुधार हुदै त गएको पनि एक ब्यक्ति ले भने ।
प्रभात फेरी संगै जनचेतना मुलक सडक नाटक पनि प्रस्तुत पनि गरिएकाके थियो । केही गैर सरकारी संस्थाहरुको आर्थिक सहयोगमा सडक नाटक सदरमुकामै भएता पनि केही कार्यक्रम गरी मनाएका छन् ।
यता जिल्लामा महिनावारीका स्वच्छता दिवश मनाउदै गर्दा गाउँमा भने अझै महिलाहरु मैनावारी हुँदा घर बाहिर राख्ने ,मैनावारी हुँदा दुध,दही,मही खान नदिने सामाजीक कुसस्कार कायमै रहेको छ ।
यो महिनावारी छुवाछुत प्रथा अन्त्य गर्नका लागी गाउ गाउमा गएर देवी देबतामा चरम आस्थावान धामी झाक्री , पुजारी सबै लाई अभिमुखीकरण,सचेतना गोष्ठि दिनु जरुर रहेको छ । जसको प्रभाबबाट यो एउटा जड को रुपमा समाजमा जरा गाडेर बसेको छ । जसको घरमा धामी पुजारीहरु छन् त्यही घरमा यसको प्रभाब बढी पाइन्छ । डोल्पाका अधिकांस गाउहरुमा धर्म कै नाम ले केही बिकृती विसंगतीहरु बढ्दै गएको पाईएको छ । यसलाई अन्त्य गर्नका लागी बढी प्रभावित गाउँमा गएर यस्ता दिवश विभिन्न जनचेतना मुलक कार्यक्रम मनाउँने हो भने उपयुक्त हुन सक्ने कतिपयले गुनासो गरेका छन् ।





error: Content is protected !!