भाडाको घरमा प्रहरी चौकी 

हेमन्त के सी
जाजरकोट , १२ जेठ । यहाँका अधिकांश ठाउँमा रहेका प्रहरी कार्यालयहरु भाडाका घरमा सञ्चालनमा रहेका छन् ।
जिल्लाका २६ ठाउँमा रहेका प्रहरी कार्यालय मध्य १६ ठाउँमा प्रहरी कार्यालयहरु भाडाको घरमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन्द्रवहादुर सिंहले जानकारी दिनुभयो । १० ठाउँमा मात्र प्रहरीको आफ्नै भवनमा कार्यालय सञ्चालन गदै आएको छ । भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भार पर्नुका साथै प्रभावकारी सेवा दिन नसकेको सिंहले बताउनुभयो । जिर्ण अवस्थामा रहेका कच्ची घरमा कार्यालय सञ्चालन गर्दा कठिनाई हुँने गरेको छ । बारेकोट गाउँपालिकामा रहेका अधिकांश प्रहरी कार्यालयहरु भाडामा छन् । नलगाड नगरपालिकाको दल्ली बाहेक अन्य ठाउँमा भाडाको भरमा सञ्चालन रहेका छन् ।
जाजरकोटमा २०३४ साल मा पहिलो पटक प्रहरी कार्यालय स्थापना भएको थियो । यति लामो समय वितिसक्दा पनि जनताको जनधनको सुरक्षा गर्ने प्रहरीको आफ्नै कार्यालय नहुँदा भाडा ,तथा स्थानीय उपल्वध गराएको घरमा दैनिक कार्यालय सञ्चालन गर्न बाध्य भएको उहाँको भनाई छ । भाडाका भरमा सञ्चालन भएका घरमा सोचेको जति काम गर्न नसकिएको प्रहरीले बताएको छ ।





error: Content is protected !!