३३ वर्षमा साढे ११ लाख रूख काट्न अनुमति

वन तथा वातावरण मन्त्रालयले विकास निर्माणका लागि भन्दै ३३ वर्षमा साढे ११ लाख रूख काट्न अनुमति दिएको छ । ०४२ सालदेखि चालू आर्थिक वर्ष ०७४र०७५ को वैशाखसम्म ११ लाख ७१ हजार ६ सय ४८ रूख काटिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनञ्जय शर्माले बताए ।

विकास निर्माणका क्रममा अवरोध भएको गुनासोलाई सम्बोधन गर्न मन्त्रालयले ती रूख काट्न अनुमति दिएको हो ।

राष्ट्रिय गौरवका आयोजनाका लागि अझै धेरै रूख काट्न अनुमति दिए पनि काट्न सुरु नगरेको प्रवक्ता पौडेलले बताए । ‘हामीले वातावरणलाई असर नपर्ने गरी विकास निर्माणका लागि रूख काट्न अनुमति दिएका छौँ,’ उनले भने, ‘रूख काट्दा वातावरणको असर पर्ने वा नपर्ने सबै मूल्यांकन गरेर स्वीकृत दिन्छौँ ।’

रूखलाई अन्नबालीजस्तै खेती गर्न सकिने भएकाले विकास निर्माण गर्दा रूख काट्दा कुनै असर नपर्ने पौडेलले बताए । वन विकास वृक्षरोपण र रबर खेतीका लागि सबैभन्दा धेरै ४ हजार ६ सय ९० दशमलव ४ हेक्टर वन क्षेत्र उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।





error: Content is protected !!