पत्रकारले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेपछि‘

काठमाडौँ । के तपाई आफूलाई मन नपरेका नेता, उच्च पदस्थ व्यक्ति वा अरु कसैको अस्वभाविक फोटो जोडेर सामाजिक सञ्जालमा ‘अपलोड’ गर्नुहुन्छ यदि, त्यसो हो भने सचेत बन्नुहोस् । तपाईलाई पुलिसले जतिबेला पनि पक्राउ गर्न सक्छ ।
हालै राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तीजनक फोटो बनाएर फेसबुकमा पोष्ट गर्ने एक जना पत्रकार पक्राउ परेका छन् ।
उदयपुरमा सञ्चालनको तयारीमा रहेको उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले पक्राउ गरेको हो । सिआईबीको निर्देशनमा उदयपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निरौलाले सामाजिक सञ्जालमा फोटोसप मार्फत राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए । उक्त फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए । उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ ।
यसअघि पनि फेसबुकमा राष्ट्रपतिलाई जथाभावी गाली गर्ने एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको थियो ।










