नेपालमा भित्रियो अत्याधुनिक आइडी कार्ड प्रिन्टर, जनार्दनले गरे शुभारम्भ

काठमाडौं– नेपालमा अत्याधुनिक आईडी कार्ड प्रिन्टर भित्रिएको छ । बैंक, स्कुलरकलेज तथा अस्पतालहरुको स्मार्ट आईडी कार्ड तत्काल उपलब्ध गराउने उद्देश्यले मलिका इन्कर्पोरेट प्रालिले आडडी कार्ड प्रिन्टर नेपालमा पनि भित्र्याएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरिएको छ । पूर्वगृहमन्त्री जनार्दन शर्माले शुभारम्भ गर्नु भएको सो सेवाले स्मार्ट आइडी कार्ड निर्माणको कामलाई सहज र सुलभ बनाउने कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिए । भारतमा अत्याधिक प्रयोग हुने यो प्रविधि नेपालमा पनि भित्र्याइएको कम्पनीले जनाएको छ ।

‘जेब्रा जेटएक्सपीथ्री आइडी’ नाम दिइएको सो प्रिन्टरले राष्ट्रिय परिचय पत्र बनाउने सरकारको योजनालाई पनि सहज बनाउने दावी गरिएको छ ।





error: Content is protected !!