बैँकको सेवा लिन मात्र हप्ता दिन, सिंहदरबारको अधिकार सदरमुकाम सम्म

लेखबहादुर बुढा (डोल्पा)
डोल्पाका ७ स्थानिय तहमा बैंक नहुदा आर्थिक कारोवारमा समस्या भएको छ । डोल्पाका ८ स्थानियहरु मध्य ठुलीभेरी नगरपालीकाको सदरमुकाम दुनैमा नेपाल बैकं लिमिटेड र सिटिजन्स बैकं का शाखा कार्यलय सञ्चालनमा रहेका छन ।
सवै आर्थिक कारोबार स्थानिय तहमा हुने भएता पनी विकास निर्माण र तलव भत्ताको लागि भने हप्ता दिन पैदलयात्रा गदैँ सदरमुकाम दुनै पुग्नु पर्ने बाध्यता रहेको मुडकेचुला गाउपालीका उपाअध्यक्ष सविताकुमारी रोकायाले बताईन ।
दर्जनौ भीर पहाराहरु , सुरक्षाका कारणले गर्दा यहाँका स्थानीय तहले कारोबार गर्न समस्या भएको रोकायको भनाई छ । सदरमुकाम पुगेर खाता खोल्नु पर्ने ,गाउँ आएर योजना सम्झौता गर्नु पर्ने फेरी रकम लिन सदरमुकाम आउदा दोहोरो दुख हुनेका साथै मंहगींले गर्दा खर्च धेरै हुँदा जटिलता बढुदै गएको रोकायले जानकारी दिईन् । रकम लिन मुडकेचुला देखि दुई दिनको पैदल हिडेर दुनै पुगेका नर्कु आन्यागैर खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष नर बहादुर बोहोराले बताए । आउदा जादा कहिले काही महिनौ दिन वित्ने पनी उनले दुखेसो व्यक्त गरे । माथेल्लो डोल्पाका स्थानीयहरु दुनै आएर कारोबार गरि फर्कदा महिना दिन वित्ने गर्दछ । टेलिफोन सेवा समेत नभएको माथेल्लो डोल्पामा रकम झिकेर लिन ठुलो समस्य छ । नेपाल प्रहरीका संञ्चार सेटले समेत काम नगर्ने माथेल्लो डोल्पामा सवै ठुलो समस्या रहेको साल्टागका ई गुरुगले बताए । डोल्पाका सवै स्थानीय तहले सदरमुकाममा अस्थायी कार्यालय राखि काम सुरु गरेका छन् । टाढा , टाढाका बस्ती भएकाले एक ठाउँबाट अर्को ठाउँ जाँन ५ घण्टा भन्दा बढी लाग्ने गुरुगले बताए ।
हाल एक नगरपालीका, ६ गाउपालिकाका उपभोक्ता र कर्मचारीहरुको सवै काम सदरमुकाममा रहेको नेपाल वैँकमा मा हुँने गरेको छ । जिल्लाका सवै ठाउँमा वैँक स्थापना गरि सेवा प्रवाह प्रभावकारी बनाउँने भनिएपनि स्थानीय तह स्थापना भएको वर्ष दिन वितेपनि सिंहदरवारको अधिकार सदरमुकाम सम्म मात्र पुगेको छ ।










