संरक्षण स्थल नपुग्दै मृगको मृत्यू

सुकमाया थापा

डोल्पा , जुफाल बिमानस्थलमा भेटिएको मृग को मृत्यु भएको छ । विहिर वेलुका २ बजे तिर ठुलिभेरी नगरपालीका वाड न ७ जुफालको बिमानस्थलमा भेटिएको मृग स्थानिय बासिन्दा र प्रहरीले उपचार गर्दा गदै मृत्यु भएको छ ।

जुफालका स्थानिय बासिन्दा र प्रहरी निकायाले मृगलाइ भेटेपछी जिल्ला प्रहरी कार्यलय मा खबर गरेर राष्ट्रिय निकुञ्जमा बुझाउन लग्दा मृगको मृत्यु भएको हो ।
शे फोक्शुण्डो राष्ट्रिय निकुञ्ज कार्यलय सुलिगार्डले सो मृगलाइ जिल्ला बन कार्यलय को क्षेत्रभित्र भेटिएको हुनाले जिल्ला वन कार्यनय मा नै फिर्ता पठाइको थिए । मृगलाइ जिल्ला प्रहरी कार्यलय ले शुक्रबार विहान ८ बजेर ३० मिनेटमा जिल्ला बन कार्यलय पुर्याइको थियो ।

मृत्यु भइसकेको मृगको वन कार्यलय मा नै खाडल खनि गाडिएको जिल्ला वन कार्यालय डोल्पाले जानकारी दिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!