३५ दिने कुक तथा होटल ब्यबसाय तालिम सुरु,सहभागी महिला भन्दा पुरुष बढी

रुपलाल बोहोरा
डोल्पा / ३५ दिने कुक तथा होटल ब्यबसाय तालिम सुरु आज बाट सुरु भएको छ । ग्रामिण पुन निर्माण संस्था आरआर एन द्धारा कार्यक्र लागु भएका १० वटा गाविस का होटल ब्यबसायी तथा व्यबसाय गर्न इच्छुकहरु लाई यो तालिम दिन लागीएको हो ।
बेलायत सरकार को आर्थिक सहयोगमा नेपाल सरकार संग सहकार्य गरी सामुदायीक विकास कार्यक्रम सिडीपी संचालन मा आएको हो । कार्याक्रम लागु भएका कालिका, नर्कु , सर्मी, रिमी, सुँ,माझफाल, पहाडा,ल्हाँ,त्रीपुराकोट, मुकोट,दुनै गरी ११ गाविस का १९ जना सहभागीहरु लाई तालिम दिन लागीएको हो । तालिम को आज पहिलो दिन भएर १२ जना सहभागी मात्र उपस्थित भएका छन् । सहभागी भएका १२ जना मध्य ८ जना महिला र ४ जना पुरुषहरु रहेका छन् । यसरी महिला मात्र सहभागी हुनु भनेको घरमा खाना पकाउने काम घरमा महिलाहरुले मात्र गर्ने जस्तो देखिएको छ ।
तालिम मा सहजीकरण गर्नका लागी भोकेसनल एजुकेसन ट्रेनिङ्ग सेन्टर नमस्ते नेपाल धनगडीका प्रशिक्षक जयराज शर्मा ले गर्ने ग्रामिण पुन निर्माण संस्थाका कार्यक्रम संयोजक छविलाल तामानले बताए । यस संस्थाले कार्यक्रम लागु भएका विभिन्न साविकका तत्कालिन गाविसहरुमा विपत ब्यबस्थापन तथा जोखिम न्युनिकरण तथा अन्य विभिन्न सिपमुलक तालिम हरु दिनै आएको पनि मुड्केचुला गाउपालीका वडा न ६ की स्थानिय सहभागी पुजा ठकुल्लाले बताइन् ।
यो होटल ब्यबसाय तालिम को लागी २ बर्ष अगाडी बाट माग गर्दै आएको र त्यो बल्ल यो समयमा पुरा भएको पनि कार्य क्रम संयोजक तामाङ्ग ले बताउनु भयो ।
बतालिम को अबशरमा यस भन्दा पहिले दिएका तालिमहरु बाट आफुहरु सन्तुष्ती नभएको र यो तालीम मा सबैले तन मन लगाएर तालिम सिक्नु पर्ने आर आर एन संस्थाले जानाकारी दिएको छ । तालिम आज ११ गते बाट सुरु भएर असार को १४ गते सम्म संचालन भएको छ । यो तालिम लिए पछि व्यबसाय गर्न पनि सकिने र तालिम बाट प्रमाणपत्रबाट सि टी इ भी टी बाट लिइने परीक्षा मा पनि सहभागी हुन सकिने, यो ए लेबल को तालिम दिन लागीएको हो ।








