जुनिचाँदेमा १ सय ६७ जना कृषकको माटो परिक्षण

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाम १सय ६७ जना कृषकहरूको निशुलक माटो परिक्षण गरिएको छ । जुनिचाँदे गाउँपालिका कृषि बिकाश शाखाकने आयोजना तथा क्षेत्रीय माटो परिक्षण प्रयोग शाला खजुराको प्राबिधिक सहयोगमा १सय ६७ जनाको सफल परिक्षण गरिएको हो ।
परिक्षणमा संलग्न प्राबिधिकका अनुसार जुनिचाँदे गाउँपपालिकाम अमलिया पना माटोको मात्रा धेरै देखिएको माटोमा नाईटोजन को मात्र राम्रो रहेको । सुन्तला तरकारी ,खाद्यान्न ,कागति , फलफूल सम्बन्धि प्रयाप्त सम्भावना रहेको प्राबिधिक देब बहादुर केसीले जानकारी दिए । यस्तै जुनिचाँदे कृषि उप(शाखाका प्राबिधिक लालबहादुर खड्काका अनुसार दुर्गमका बस्ती बाट ६ घण्टा बच्चा बच्ची बोकेर आउने गरेको खाजा समेत आफुहरुले खुवाएर पठाएको ।
हाल कृषकहरू पहिलोपटक आफनो माटो परिक्षण गर्नपाउदा उत्साहित देखिएको समेत खड्काले जानकारी दिए । साथै प्रत्यक कृषकलाई परामर्श समेत दिएको प्राबिधिक खड्काले बताए ।उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जिल्लाको दुर्गममा रहेको जुनिचाँदेमा हाल शिक्षा स्वास्थ्य कृषिमा असाध्य पछाडि परेकोले स्थानीय जनता लाई गाउँ गाउँमा सिंहदरबारको अधिकारको सहनुभुती गराउन शिविरको आयोजना गरिएको बताए ।
गाउँमा बर्सेनि भोगमारी बल्जिरहेको हुदा कुन माटोमा कस्तो बालिनाली उत्पादन गर्न सकिन्छ जानकारी लिनको लागि पहिलोपटक जुनिचाँदेमा शिविरको आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिए ।शिविर जेठ ६ गते देखि ८ गते सम्म सञ्चालन गरिएको थियो ।










