हिमाली जिल्ला डाेल्पामा महिनावारी स्वच्छता दिवस !

जुफाल(डाेल्पा) १० जेठ
‌अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवश २८ मे २०१८ काे सन्दर्भमा हिमालि जिल्ला डाेल्पामा पनि मनाइएकाे छ ।राष्ट्रिय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिकाे निर्णय अनुसार १० दिनका गतिबिधी तयार गरि भब्यताका साथ मनाईरहेकाे जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति डाेल्पाका सचिव उमेश झाले जनाए ।स्वच्छता दिवसकाे सन्दर्भलाई लिएर फाेक्सुण्डाे बहुउध्येश्यिय महिला सहकारि संस्था सँघ समन्वय गरि अाज ठुलाेभेरी नगरपालीका कार्यालय मा वडा नं ७,८,९ का महिला हरुसँग अन्तक्रिया कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी डाेल्पा, एसएनभि नेपाल, ठुलाेभेरी न पा, केड नेपाल, महिला सशक्तीकरण, किर्डाक नेपालकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रमकाे सहजिकरण नेपाल रेडक्रस साेसाइटी जिल्ला संयाेजक टेकम वली र एसएनभि का गुम्ब नेपाली ले गरेका थियाे ।कार्यक्रमका सहभागिलाइ सरसफाइ सुरक्षा प्याड पनि बितरण गरियकाे थियाे ।

रामचन्द्र न्याैपाने





error: Content is protected !!