चौरजहारी नगरपालिकाको सबै वडामा सडक

ज्ञानु गौतम

चौरजहारी रुकुम पश्चिम

चौरजहारी नगरपालिकाले एक बर्षमा ९५ किलोमिटर सडक निर्माण गरेको छ ।

जनप्रतिनिधि निर्वाचित भएपछि हाल सम्म ९५ किलोमिटर सडक निर्माण गरिएको बताएको छ । नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को ६ करोड ३९ लाख बजेटबाट उक्त सडक निर्माण गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत प्रदिप सुनारले जानकारी दिनुभयो सुनारका अनुसार ५ किलोमिटर भन्दा बढी सडक निर्माण हुने बाँकी छ ।

उक्त सडक असार अन्तिमसम्म निर्माण हुने र १ सय बढी किलोमिटर सडक निर्माण हुनेछ । आगामि आर्थिक बर्षमा नगरपालिकाको मुख्य सडक खण्ड अन्तर मेलैनाउली र खोलागाउँमा दुईवटा मोटर पुल निर्माण गरि बाह्रै महिना गाडी चल्ने बनाउने नगर प्रमुख बिशाल शर्माले बताउनु भयो ।

उक्त दुई ठाउँमा मोटर पुल निर्माण भएमा नगरपालिकाका सबै वडामा १२ महिना गाडि सञ्चालन हुनेछन ।





error: Content is protected !!