बिद्यालयमा शिक्षक नहुदा पठनपाठन प्रभावित

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा न ३ रानिचौरमा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय करिब २१ दिन यता प्रध्यान ध्यापक योगेन्द्र प्रसाद चौधरी लगाएत महिला शिक्षाका अनिता चौधरि बिद्यालयको सम्पर्क भन्दा बाहिर भए पछि हाल दैनिक पठनपाठन प्रभावित भएको छ। छोरीको बिहे छ भन्दै बिद्यालय बाट निस्केका प्रअ चौधरी हाल कुनै सम्पर्कमा नआउदा पठनपाठन प्रभावित भएको ब्यबस्थापन समितिका अध्यक्ष जय बहादुर खडकाले बताए ।
नत ब्यबस्थापन समितिलाई जानकारी दिईयो नत बिद्यालय स्रोत ब्यक्ति लाई अहिले बिद्यालयको पठनपाठन अस्तब्यसत छ । बिद्यार्थीका अभिभावकहरु हाल आक्रोसित भएको ब्यबस्थापन समितिका अध्यक्ष खड्काले बताए । करिब २सय बिद्यार्थी रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा हाल पठनपाठन समेत बन्द भएको अध्यक्ष खड्काले बताए ।
उता जुनिचाँदे गाउँपालिका शिक्षा शाखाका स्रोत ब्यक्ति ईन्द्र थापाले आफुलाई कुनै जानकारी नगराएको र अति आवश्यक कामकमकाजमा१२ दिन सम्म बिदाम बस्न पाउने ब्यबस्था भएको र त्यो भन्दा धेरै बिदा बस्ने शिक्षक शिक्षिका लाई हाजिरी कटौती गरिने बताए । आफुले सम्पर्क गर्ने कोसिष गरेको अहिलेसम्म फोन अफ रहेको समेत स्रोत ब्यक्ति थापाले जानकारी दिए .








