बिश्वब्यापी कबिता प्रतियोगितामा ज्ञानेन्द्र सिंहको कविता यस्तो रह्यो स्थान

जाजरकोट सदरमुकाम बाट झण्डै १५ कोष टाढाको एउटा सुन्दर बस्तीमा जन्मिएका हुँन् कवि ज्ञानेन्द्र । उनीको घरको छेउबाटै वग्छन् भेरी र नलगाड नदिका दुई बैनीहरु । चिसो हावा र मलिलो जमिनमा असाध्य खाद्यान्न उत्पादन हुँने यो दल्लीमा धेरै जातजातीको बसोबास छ । त्यही गाउँको मलिलो माटोमा जनिम्एका हुँन् कवि ज्ञानेन्द्र । त्यहाँ भेरी र नलगाड नदिमा वषौदेखि पानि मात्र बगेको छैन् , ज्ञानेन्द्रबहादुर सिंहका दर्जनौ सिर्जनाको सिचाई पनि भएको छ ।
केही दिन अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाले आयोजना गरेको बिश्वब्यापी कविता प्रतियोगितामा जाजरकोटका ज्ञानेन्द्रबहादुर सिंहको कविताले तेश्रो स्थान हासिल गरेको छ । ६ महिना पहिला काठमाण्डौंमा आयोजित बिश्वब्यापी कविता प्रतियोगितामा सिंहको कविताले तेश्रो स्थान हासिल गरेको हो ।
नेपाली भाषामा बिश्वब्यापी कविता प्रतियोगिता आयोजना गरिएको थियो । नेपाल, भारत, अमेरिका, जर्मन लगाएतका देशका नेपाली भाषी कविहरुले उक्त प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा १ सय ८६ जनाका कविताहरु स्वीकृत भएका थिए । १ सय ८६ जनाका कविताहरुमा ज्ञानेन्द्र बहादुर सिंहको ‘नेपाल मेरो मन’ शिर्षकको कबिताले बिश्वब्यापी प्रतियोगितामा तेश्रो स्थान हासिल गरेको थियो ।
नलगाड नगरपालिका–७ दल्लीमा बुवा कर्णबहादुर सिंह र आमा बिष्णुकुमारी सिंहको कोखबाट २०२६ साल कार्तिक १५ गते जन्मेका ज्ञानेन्द्रबहादुर सिंहले कक्षा ४ मा पढ्ने वेलामै गौथलीको दैनिक क्रियाकलापलाई नजिकवाट अध्ययन गर्दै आएका थिए र ४ कक्षामा पढ्ने वेलामै ‘गौथली’ शिर्षकको पहिलो कविता लेखेका थिए ।
स्कुले जीवन देखिनै फाटफुट रुपमा कविता लेख्दै आएका ज्ञानेन्द्रले निरन्तर रुपमा कविता लेख्न थालेको दुईबर्ष मात्र भएको छ । कविता विधामै जाजरकोटका कवि सिंह र धनगढीका मणिराज जोशीले फेसबुक काब्य सम्वादलाई हालै प्रकाशनमा ल्याएका छन् । फेसबुक काब्य सम्वादलाई कृतिका रुपमा प्रकाशन गर्ने सिंह र जोशीले कृतिको नाम ज्ञानेन्द्रमणि राखेका छन् । विभिन्न छन्द कविता मार्फत दुईजना विच भएको सम्वादलाई कृतिमा प्रकाशन गरिएको छ ।










