ओलीसँग शर्माका पाँच भेट

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग जनार्दन शर्माको ४० वर्षसम्म सहकार्य भयो । अध्यक्ष प्रचण्डले के भन्न खोजेका हुन् भन्ने विषय उनी सजिलै बुझिहाल्छन् । तर, केपी ओलीसँग भने शर्माको माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र भेट्ने मौका पाएका थिए । शर्माको ओलीसँग यो अवधिमा पाँचपटक भेट भयो ।
पहिलो भेट
मेरो क। ओलीसँग प्रत्यक्ष भेट माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र भएको हो । सघन रूपमा कुराकानी शान्तिमन्त्री भएका वेला भएको थियो । वार्ताकै क्रममा कुरा नमिलेपछि अर्को कोठामा बस्नुभएको रहेछ । म पनि त्यही कोठामा गएँ ।
कमरेड ओलीबीच विभिन्न कुरा बाहिर सुन्न पाइन्थ्यो, उहाँसँग पनि नजिक हुनुप¥यो के रहेछ रु बुझ्नु पनि प(यो भनेर गएको थिएँ । मैले झन्डै डेढ घन्टा कुरा गरेँ । व्यक्तिगत रूपमा कुरा गर्दा सहज लाग्यो । त्यतिवेला सहज र सरल कुरा गर्नुभयो । मैले जे–जस्तो बुझेको थिएँ, त्योभन्दा फरक पाएँ ।
दोस्रो भेट
क। ओलीसँग मेरो दोस्रो भेट संविधानसभा म्याद थप्ने कि नथप्ने भन्ने विषयमा विवाद भइरहेको थियो । एउटा शब्द एमालेले नमानेका कारणले विघटन हुने अवस्थामा पुगेको थियो । मैले ठ्याक्कै त्यो शब्द बिर्सें । सभाहलमा ओलीलाई यताउति खोजेँ, कतै देखिनँ । पछि ओली र मेरो लबीमै भेट भयो । आउँदै हुनुहुन्थ्यो मैले च्याप्प हात समाएँ ।
कमरेड के हो तपाईहरूको पार्टी एउटा शब्द सिंगो संविधानसभा विघटन गर्ने रु यस्तो मिल्छ रु के फाइदा हुन्छ देशको लागि रु मैले ओलीसँग जबर्जस्ती तर्क गरेँ । मैले ‘तपाई संविधानसभा विघटन हुनबाट रोक्नुहोस्, रोक्न सक्नु हुन्छ’ भनेपछि ओली कमरेडले दाहालजीलाई बोलाउनुहोस् भन्नुभयो ।
अध्यक्षलाई बोलाएँ । लबीमै अध्यक्ष प्रचण्ड र ओलीबीच कुराकानी भयो । म पनि त्यहीँ उभिएँ । दुवै नेताबीच कुराकानी भएपछि शब्द राख्न एमाले तयार भयो । संविधानसभा विघटनबाट रोकिएको थियो ।
तेस्रो भेट
तेस्रो भेट तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने वेलामा भयो । कार्कीलाई हटाउने कि राख्ने भन्ने विषयमा कमरेड ओलीसँग भेट भयो ।
चौथो भेट
ओली प्रधानमन्त्री हुँदा मैले सरकार सञ्चालनमा अविश्वास भयो भन्ने सुझाब दिएको थिएँ । दुई पार्टीबीचको सम्बन्ध राम्रो भएको छैन, सुधार गर्नुहोस् भनेर ओली कमरेडलाई भनेको थिएँ । मैले पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुहोस्, होइन भने धेरै कुरा बिग्रन सक्छ भनेको थिएँ, वास्ता गर्नुभएन ।
पाँचौँ भेट
अध्यक्ष प्रचण्डले अनुमति दिएपछि एकताका लागि ओली कमरेडसँग भेटेको थिएँ । उहाँले सुरुमा सम्भव देख्नुभएन । शब्दमा त भन्नुभएन, हाउभाउबाट त्यस्तो देखिन्थ्यो । एकताका विषयमा सक्दो कुरा राखेको थिएँ । त्यसपछि दुवै अध्यक्षबीच एकताका विषयमा कुराकानी हुन सुरु भएको हो ।








