दुर्गममा विजुली बत्ती

माया पन्त
जाजरकोट ४, जेष्ठ
जाजरकोटको नलगाड नगरपालिका २ मा २४ शैं घण्टा विजुली बत्ती बलेको छ । विजुली बलेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन् । बर्षौ देखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयबासिन्दा गाउँमा भिmलिमि भएपछि दङ्ग परेका छन् ।
गाउँ नजिकैको झुमे्र खोलाबाट १३ किलोवाट विद्युत उत्पादन भएपछि २ को छेप्का, माझगाउँ, गरी, चाइपाटा ३ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका झुमरा खोला लघु जलविधुत आयोजना निर्माण समितिका अध्यक्ष प्रताव जैसीले बताए । बैकल्पिक उर्जा प्रवर्दन केन्दको अनुदान, नगरपालिका तथा स्थानीय बासिन्दाको जन श्रमदान गरी कुल ६० लाख लागतमा विद्युत आयोजना निर्माण भएको हो । विजुली बाल्न प्रति घरपरिवारले ३० दिन श्रमदान गरेका थिए ।
२४ सै घण्टा गाउँमा बिजुली बत्ती बलेपछि टेलीभिजन हेर्न, रेडियो सुन्न, मोबाइ चार्ज गर्न, बालवालीकाहरुलाई पढ्न लेख्न प्रत्यक्ष पmाईदा पुगेको अध्यक्ष जैसीको भनाइ छ ।
मैन बत्ती, टुक्कीमारा र सल्लाको द्यालो बालेर दिन काटेको र अहिले आएर विजुली बत्ती बलेको देख्न पाउदा धेरै खुसी लागेको ७० बर्षिय टिका प्रसाद हमालले बताए । स्थानीयबासिन्दालाई बिजुलीको सुविधा उपलव्ध भएपछि ठुलो राहत मिलेको छ । त्यसै गरी बारेकोट गाउँपालिका ७, मा चौविसै घण्टा विजुली बत्ती बलेको छ । विजुली बलेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन् । बर्षौ देखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयबासिन्दा गाउँ दिनरात गाउँ भिmलिमि भएपछि दङ्ग परेका छन् ।
गाउँ नजिकैको खोलाबाट ५६ किलो वाट विद्युत उत्पादन भएपछि ७ का सुवाकोट, स्याँला र लुहाग गाउँका ९ सय ६३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका सिमतरा लघु जलविधुत आयोजना निर्माण समितिका अध्यक्ष हरीबहादुर बोहराले बताए । बैकल्पिक उर्जा प्रवर्दन केन्दको अनुदान, गाउँपालिका तथा स्थानीय बासिन्दाको जन मश्रमदान गरी कुल २ करोड ५० लाख लागतमा विद्युत आयोजना निर्माण भएको हो ।
२४ सै घण्टा गाउँमा बिजुली बत्ती बलेपछि टेलीभिजन हेर्न, रेडियो सुन्न, मोबाइ चार्ज गर्न, बालवालीकाहरुलाई पढ्न लेख्न प्रत्यक्ष पmाईदा पुगेको छ ।
मैन बत्ती, टुक्कीमारा र सल्लाको द्यालो बालेर दिन काटेको र अहिले आएर विजुली बत्ती बलेको देख्न पाउदा धेरै खुसी लागेको ७० बर्षिय मर्दबीर शाहीले बताए । स्थानीयबासिन्दालाई बिजुलीको सुविधा उपलव्ध भएपछि ठुलो राहत मिलेको शाहीले बताए ।
क्याप्सन ः नलगाड नगरपालिका २ को छेप्का स्थित झुमरा खोला लघु जलविधुत आयोजनाको पावर हाउस । तस्बीर ः माया पन्त





error: Content is protected !!