वृद्ध र कर्मचारी माथि आक्रमण गर्ने पक्राउ , कर्मचारी सुरक्षाको माग गदै सुलिगाडमा

रुपलाल वोहोरा
डोल्पा , ४ जेठ । जगदुल्ला गाउपालीका डोल्पाको नाउली मा होटल गर्दै आएका एक बृद्ध सहित पोष्टमा खटिने निकुञ्जका कर्मचारी माथी नै हात भएको छ । जेठ गत १ गते मंगलबार वेलुकी अत्याधिक माधक पदार्थ सेवन गरी आएका १० जनाको समुहले जगदुला गाउपालीका वडा न ५ का बृद्ध कृत सिहं महतारा घाईते भएका छन् । प्रवेश सुल्क उठाउँन गएका शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज का २ जना महिला कर्मचारीलाई पनि आक्रमण गरिएको छ ।
यार्सागुम्बाको प्रवेश सुल्क संकलनका लागि हेड क्वाटर सुलीगार्ड बाट नावली पोष्टका खटिएका जुम्ला चन्दननाथ नगरपालीका वडा न १० गैरागाउ स्थायी घर भएकी सर्मिला हमाल,र जुम्ला तातोपानी गाउपालीका वडा न ५ स्थायी घर भएकी जयन्ती न्यौपाने लाई कुटपिट भएको निकुन्जले जनाएको छ । कुट पिट बाट जयन्ती न्यौपाने को दायाँ हातमा चोट लागेको छ । बृद्ध महतारा लाई ४ जना आएर घाँटी थिचेको देख्दा किन यस्तो गरेको भन्दा आफुहरुलाई अपशब्द, विभिन्न अपच्य शब्द , गाली वेइजति गर्दै लात्तीले आफुहरुलाई हानेको सर्मीला हमालले थाह खवरलाई बताईन् ।
आफुहरु यार्सा चोर्न चैत्र को महिना मै डोल्पा पुगेको र कसले के गर्न सक्छ भन्दै मनपरी बोल्दै उल्टै कर्मचारी र घाइते बुद्ध लाई नै ज्यान मार्ने धम्की दिएको पिडीत कर्मचारी बताए । नाउलीमा कुट पिट गर्दै गर्दा कर्मचारी ,बृद्ध ले गाउपालीका अध्यक्ष नारसिह रोकाया लाइ फोन गरेको ले इलाका प्रहरी कार्यालय काईगाउ बाट इन्र्चाज चेतन खड्का को टोलीले राती २ बजे तिर मौरे को लेखमा १० जना मध्ये २ जना जूम्ला गोडीचौर गाउपालीका वडा न ३ गज्र्याङकोट घर भएका २० बर्षका कुम सिहं कामी र सोही ठाउँका ३० बर्षका मनोज वि क लाई नियन्त्रण मा लिएर सदरमुकाम दुनै ल्याएको छ । उनीहरुले राती २ जना सेन्ट्री गरेको र अन्य सुतेको अबस्थामा अरु भागेको र २ जनालाई मात्र प्रहरी ले नियन्त्रणमा लिएको हो । भने भागेका ४ जना लाई जुम्ला बाट आएको सुरक्षा को टोली ले जुम्ला चोत्रा बाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्ला मा लिएको छ । निकुञ्जका कर्मचारी ले इलाका प्रहरी कार्यालय काईगाउमा उजुरी दिई असुरक्षित भएको भन्दै नाउली पोष्ट बाट बुधार नै हेटक्वाटर सुलीगार्ड मा आएको छन् । घाईते महतराको उपचार दुनैमा भईरहेको छ ।








