नमुना विद्यालयमा अंग्रजी माध्यम पढाई सञ्चालन

जाजरकोट (रासस)ः नलगाड नगरपालिकाका १४ वटा विद्यालय विद्यालयलाई नमुना विद्यालयको रुपमा घोषणा गरिएको छ । प्रत्येक वडाबाट नमुना विद्यालय बनाउने भन्दै सिफासिर आएपछि नगरपालिका शिक्षा शाखाले यहाँका १४ वटा विद्यालयलाई नमुना विद्यालय बनाउने घोषणा गरेको हो ।
नमुना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको छ । १ वटा मावि र १३ वटा आधारभुत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र आर सीले जानकारी दिनुभयो । नमुना बनाएका विद्यालयमा कम्प्यूटर पढाई सुरु गर्नका लागि १ वाट देखि २ वाट सम्मको सोलार वितरण गरिएको नपाको प्रशाषकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो । शैक्षिक सुधारका लागि नगरपालिकाले विभिन्न क्रियाकलाप गदै आएको छ । नगरपालिका भित्रका ७२ वटा विद्यालयमा प्राथमिक उपचार बाकस वितरण गरिएको छ । विद्यार्थीहरु विरामी हुँदा उपचारमा सहयोग होस भनि उपचार बाकस सुरु गरिएको हो । नमुना विद्यालयमा अंग्रेजी पढाई सुरु गरेसंगै निजी विद्यालयमा भर्ना हुँने विद्यार्थीको संख्य पनि घटेको छ । विद्यार्थी , शिक्षक र अभिभावकले पालनागर्नुपर्ने आचारसंहिता नगरपालिकाले नै बनाएर लागु गरेको छ ।
नगरपालिकाले हिजो मात्र जनप्रतिनिधीका छोरा,छोरी र कर्मचारीका छोराछोरीहरु सरकारी विद्यालयमा पढाउँनु पर्ने निर्णय गरेको छ । निजी विद्यालयमा पढाउँने नपाउने निर्णय संगै यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्य वढ्ने देखिन्छ ।








