डोल्पामा पाईने ३३ प्रकारका जडीबुटी कारोबार भएनन

लेखबहादुर बुढा
डोल्पा, पञ्च बर्षिय बन ब्यवस्थापन कार्ययोजनाको मस्यौदा प्रतिबेदन माथि छलफल,तथा सुझाब संकलन भएको छ । जिल्ला बन कार्यालय डोल्पाको आयोजनामा बुधबार एक अन्त्ररक्रिया कार्यक्रमको विच जिल्लाको विभिन्न बन क्षेत्रमा पाइने थुप्रै जडीबुटी भएता पनि हाल सम्म यो जिल्लामा बिक्री वितरण कारोबार भएका ६१ प्रकारका रहेका छन् भने गत आर्थिक बर्षमा २८ प्रकारका मात्र जडीबुटीको मात्र बिक्री तथा कारोबार भएको पाइएको छ ।
भने ३३ प्रकारका जडीबुटीहरुको कारोबार नभएको पाईएको छ ।
जिल्ला मा भएका यो पाँच बर्ष सम्मको महत्वपुर्ण जडीबुटी हरु को कोटा नै नभएकाले अन्त्ररक्रिया कार्यक्रमले लौट सल्ला, साधाराण च्याउ, धुपीको पात, पाँच औले, पावनको बोक्रा, जीवन्ती, रिठा, सतुवा, भोजपत्र, दालचिनी, वन प्याज, खोटो दारुहल्दी, भm्याउ, गोकुल धुप, सुजाईनो, हले, जीम्बु, वन आलु लगाएतका वन पैदावारको कोटा माग को लागी सम्बन्धित निकायमा पठाउने भएको छ ।
यस बर्ष केही संकलन कर्ता तथा ब्यापारको लागी अत्याधिक माग आएकाले बाताबरणीय प्रभाब मुल्याकंन को लागी अमलबेद चुल्ठे,जटामसी, सेतकचिनी, र साधारण च्याउको कोटा थप गर्नका लागी नयाँ बन्ने कार्ययोजनामा समाबेस गरी डोल्पा को पाँच बर्षे कार्ययोजना तयार पार्ने निर्णय पनि गरेको छ ।
पछिल्लो समयमा अधिकाशं डोल्पालीहरु जडीबुटी को भरमा पर्दै आएका छन् । अधिकांश स्थानीय बासिन्दा जडिबुटीबाट जीवन निर्वाह गरिरहेका छन । वनमा भएको जडीबुटी दिन प्रतिदिन चोरी निकासी हुदै र अब्यबस्थित संकलन ले लोभ हुदै गहिरहेको छ । स्थानिय बुद्धिजीबी , सामुदायीक बन उपभोक्ता समीती, सम्बन्धित सरोकार वाल निकायहरु यसको संरक्षण र ब्यबस्थापनमा ध्यान नदिनाले सबै लोभ हुने अबस्थामा पनि पुगेका एक स्थानिय बृद्धाले बताएका छन । उनले भने नत स्थानियहरुको ध्यान छ न त अरु कसैको ध्यान पुग्न सकेको छ ।
सामुदायीक वन उपभोक्ता समितिका कार्यायोजनाहरु नियम र कानुनले रंगीचंगी भएता पनि वब क्षेत्र तथा वनमा भएका सबै जडीबुटी लोभ हुने अबस्थामा छन् । डोल्पा जिल्लामा बहुमुल्य र धेरै जडिबुटीहरु पाईने भएकोले यस संरक्षण र व्यवसायीक रुपमा सवै लागी पर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख शेर बहादुर बुढाले बताए । कार्यक्रमा जिल्लाका विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरु,विभिन्न सामुदायीक तथा निजि वन समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।








