कर्मचारी र जनप्रतिनिधीका छोराछोरी सरकारी विद्यालयमा

जाजरकोट ,  यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीका छोरा,छोरी निजि विद्यालयमा पढ्न नपाउँने भएका छन् ।
नगरको वैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउँन निर्देशन दिएको छ ।

अव यहाँका सवै कर्मचारी, शिक्षकका छोरा,छोरीहरु सरकारी विद्यालयमा भर्ना भएर पढ्ने नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिनुभयो । नलगाड नगरपालिकाका अधिकांश शिक्षक र कर्मचारीका छोरा,छोरीहरु महंगा निजी विद्यालयमा भर्ना गरि पढिरहेका छन् । नगरपालिकाले सवै विद्यालयमा पत्राचार गरि छिटो भर्ना गर्न अनुरोध गरेको छ । हुँने खानेले निजी र गरिवले मात्र सरकारमा पनि धौ ,धौ पढाउँने समस्यालाई हल गर्न यस्तो नीति अविलम्वन गरिएको हो । शिक्षामा भएको असमान कार्यलाई न्यूनिकरण गर्न यो निर्णयलाई कडाईका साथ कार्यान्वय गरिने रावलले बताए । शिक्षकले सरकारी विद्यालयमा पढाउँने तर सरकारी बाट कमाएरको रकम बाट आफ्ना छोराछोरीहरु नीजिमा पढाउँने कार्यले सरकारी विद्यालय प्रति विश्वास घटेको उनको भनाई छ ।
अधिकांश शिक्षकका छोरा,छोरीहरु निजिमा पढाउँने तर परिक्षा सरकारी विद्यालयमा ल्याएर गराउँदा सरकारी विद्यालयमा पढ्ने बालबालिकाको मनोवल कम्जोर हुँने भएकाले यसको अन्त्य गरिने राववलको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!