काइके गाउपालीका पहिलो पुर्ण खोप सुनिश्चित गाउपालीका घोषणा

लेख बुढा दुनै डोल्पा ।
जिल्ला खोप समन्वय समिति डोल्पाको निर्णय अनुसार काईके गाउपालीकालाई पुर्ण खोप सुनिश्चित गाउपालीका घोषण गरिएको छ । उपल्लो डोल्पा रहेको काईके गाउपालीकालाई यहि बैशाख २२ गते एक औपाचारीक कार्यक्रम गरि डोल्पा जिल्लाको पहिलो स्थानिय तहको रुममा काईके गाउपालीकालाई पुर्ण खोप सुनिश्चित गाउपालीका घोषणा गरिएको हो नेपाल रेडक्रस सोसाईटी डोल्पाका सँयोजक टेकम वलीले बताए ।
काईके गाउपालीकाका अध्यक्ष अंगत कुमार रानाको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख शेर बहादुर बुढाको प्रमुख अथीतीमा विभिन्न वडाका वडा अध्यक्षहरु,गाउपालीकाका कर्मचारी ,महिला स्वस्थ स्वयम सेविका,आमा समुह,स्थानिय बासिन्दाहरुको उल्लेखीय सहभागीता हरेको थियो ।
पुर्ण खोप सुनिश्चितता पछिको दिगोपना विषयमा समेत योजना बनाई गाउपालीकालाई अगल पहिचान दिने कुरामा छलफल भएको काईके गाउपालीका स्वस्थ ईकाई सँयोजक तारा कुमारी महताराले बताउनु भयो ।
यसै विच सोही कार्यक्रमको अवसरमा बर्थिगंं सेन्टरको पनी उद्घाटन गरिएको छ । काईके गाउपालीकाकाका अध्यक्ष अंगत कुमार राणा र जिल्ला समन्वय समितिका प्रमुख शेर बहादुर बुढाले सँयूकत उद्घाटन गर्नु भएको स्वथ्य सँयोजक तारा कुमारी महताराले बताउनु भयो । उपल्लो डोल्पाको अवस्थीत ७ वटा वडा रहेको काईके गाउपालीकालाई पुर्ण खोप सुनिश्चित गाउपालीका घोषणा गरिएको हो ।








