डोल्पाको चिप्लेभिरमा ब्लाष्टिङको ढुङ्गा लागेर दुईको मृत्यु,एक घाईते !

त्रिपुराकोट(डोल्पा) २५ बैशाख
यहाँको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने चिप्लेभिरमा ब्लाष्टिङको ढुङ्गा लागेर दुईजना कामदारको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।
जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणकालागि चिप्ले भिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका वडा नं १० बस्ने अन्दाजि बर्ष २१ का देब बहादुर चन्द र सोही नगरपालिका वडा नं १२ बस्ने अन्दाजी बर्ष २९ का अमृत रानामगरको ब्लाष्टिङ गर्दा उछिट्टीएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
सोही नगरपालिका वडा नं ९ बस्ने बर्ष ४१ ब्र्षिया शक्ति बहादुर शाही भने गम्भीर घाईते भएको समेत प्रहरीले जनाएको छ ।मृतक दुई जनाको सब घरतर्फ लगिएको बताईएको छ ।
गम्भीर घाईते शाहीको उपचारकालागि रुकुम जिल्लातर्फ लगिएको समेत प्रहरीले जनाएको छ ।
घटना आज दिउसो तीन बजेर पन्ध्र मिनेटमा घटेको प्रहरीले जनाएको छ ।
रामचन्द्र न्यौपाने








