लाजका कारण ग्रामीण क्षेत्रमा बल्झिदै पाठेघर खस्ने समस्या

हेमन्त के सी
जाजरकोट । — यहाँका ग्रामीण भेगमा रहेका महिलाहरुमा पाठेघर खस्ने समस्या डरलाग्दो अवस्था रहेको पाईएको छ । श्रीमान् , सासु,ससुरा संग आफ्नो समस्या बारे भन्न लाज मानेका कारण यहाँका ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या डरलाग्दो भएको हो ।
पठेघर खसेका महिलाहरुको उपचारमा गाउँ , गाउँमा शिविर सञ्चालन नहुँदा थप समस्या भएको हो । स्वास्थ्य संस्थाहरुमा अधिकांश स्वास्थ्यकर्मी पुरुष मात्र हुँने भएकाले महिलाहरुले आफ्नो समस्या राख्न लाज मान्ने गरेको पाईएको छ । जाजरकोटमा पति , सासूर ,ससुराबाट हुँने विभिन्न खालका हिंसा, घरयासी काम महिलाले मात्र वढी गर्नुपर्ने अवस्था , गर्भवती भएको समयमा उचित हेरचाह नपाउँदा रुढीवादी संस्कार , पोषिला खानेकुराको अभाव, उमेर नपुगी गरिने बिवाहले गर्दा पाठेघर खस्ने समस्या बढेको चिकित्सको भनाई छ । जिल्लामा प्रजनन् उमेरका ५० प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित भएका अनुमान जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट छ । जिल्लामा १५ देखि ८० वर्षसम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित बनेको डाक्टर अमिन शाहको भनाइ छ
जिल्ला भर झन्डै ४० हजार प्रजनन् उमेरका महिला रहेको र बर्सेनी पाँच हजारभन्दा बढीले सन्तान जन्माउने गरेको डाक्टर अमिन शाहको भनाई छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र स्वास्थ्य अनुसन्धानको कार्य गर्दै आएको सिनेट सदस्य तथा सांसद सत्य पहाडीले बताउनुभयो  । स्वास्थ्य सेवा कार्यअन्तर्गत जाजरकोटमा विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको पहाडीको भनाई छ । डोल्पामा शिविर गरेर जाजरकोटमा शिविर गर्न लागिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आईएनएफ सुर्खेतको सहयोगमा जाजरकोट अस्पतालमा पाठेघर खसेका महिलाहरुको उपचारका लागि आईतबार देखि निशुल्क अप्रेशन सुरु भएको छ । जिल्लामा पाठेघर खसेका महिलाहरुको संख्य ठुलो भएपनि आवश्यक प्रचार बिना अप्रेशन सेवा सुरु गरिएकाले सवैले सेवा नपाएको स्थानीयको गुनासो छ । गाउँ गाउँमा यस्ता खालका शिविर गरेर सवै महिलाले उपचार पाउँने बातारण सिर्जना गर्न अन्तरपाटी महिला सञ्जालकी प्रमिला सिंह राठोरले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!