सरकार र यातायात व्यावसायीबीच ५ बुँदे सहमति

सरकारले सुरु गरेको सिन्डिकेट अन्त्य गर्ने अभियानको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका यातायात व्यवसायी र सरकारबीच पाँच बुदे सहमति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र यातायात व्यावसायी महासंघका पदाधिकारीबीच सोमबार पाँच बुदे सहमति भएको हो ।
सरकारले चालेको सिन्डिकेट अन्त्यको अभियानलाई स्वागत गर्दै सबै प्रकार सिन्डिकेटको अन्त्य तथा खारेजी गर्ने, सर्वोच्च अदालतले जारी गरेको परमादेश अनुसार जाँचबुझ आयोग गठन गर्ने, आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनेलगायतका सहमति भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।








