डाक्टर डीएसपी एक्सनमा स् जुवातास ठप्पै, ड्रग्सवालाको भागाभाग

नेत्र शाही ।
जुम्ला, – कर्णाली प्रदेशको हिमाली क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र साविकको कर्णाली अञ्चलको मुकाम जुम्ला अहिले जुवातासरहित बनेको छ ।

पछिल्लो नौ महिना यता प्रहरी प्रशासनको कडासर्च अभियानले जुम्लाको सदरमुकाम जुम्ला जुवातासरहित बनको छ भने जुवाँडेहरु धमाधम कारवाहीमा परेका छन् ।

पछिल्लो समय जुम्लामा धेरै कर्मचारीहरुका लागि सरुवाको रोजाइमा पर्ने जिल्ला पनि हो । यहाँ आउने धेरै कर्मचारीहरु आउने र जानेको खासै ठेगान हुँदैन । तर पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक आउने जानेबेलामा पत्रकार भेटघाट गर्ने चलन छ ।

गएको २०७४ भदौ महिनामा जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रहरी नायब उपरीक्षक गुरु विष्णु काफ्ले जुम्लाबाट सरुवा भएपछि डाक्टर तपनकुमार दाहाललाई जुम्लाको डीएसपीमा जिम्मेवारी काँधमा आयो ।

रमाना लिएर दाहाल जुम्ला पुग्ने बित्तिकै पत्रकार भेटघाट गरेर परिचय तथा आफ्नो योजना सार्वजनिक गर्नुभयो । पत्रकारहरुलाई उहाँले सार्वजनिक गरेको योजना हेर्दा पत्यार लाग्ला जस्तो थिएन् तर ४० दिनपछि विभिन्न किसिमका सामाजिक विकृति र अपराध विरुद्धका ४८ जनालाई जनालाई कारवाही गरिएको प्रतिवेदन पत्रकारहरुका लागि समाचारको खुराक बन्यो र विषय निकै चर्चामा आयो । जुन दशै तिहार अवधिमा जुम्लामा व्यापक रुपमा चल्ने जुवातासको कडा खोजी गरी कारवाही अभियान बढ्यो ।

निरन्तरको जुम्लामा व्यापक रुपमा प्रयोग गरिने लागुऔषधमा संलग्न सञ्जाल पत्ता लगाई कारवाही अभियान, अपराधसहित सामाजिक स्तरमा गरिने हल्ला, झगडा, ट्राफिक उलंघनको कडा कारवाही अभियानमा प्रहरी प्रशासनको कडा सर्च र कारवाहीले अहिले जुम्लामा निकै चर्चा हुने गरेको छ । जुन जुम्लाको इतिहासमा नयाँ उर्जा समेत थपिएको छ ।

पछिल्लो समयमा प्रहरी नायव उपरीक्षक डाक्टर तपनकुमार दाहालले नेपाली सेनाको परीक्षाकाका नक्कली परिक्षार्थीहरु र एसईई परीक्षाका नक्कली विद्यार्थीलाई पक्राउ गरेको घटनाले जुम्ला झनै तरंगित भयो । यो वर्षको एसईई परीक्षामा हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको नक्कली परीक्षार्थी पक्राउ प्रकरणले पनि तरंग मच्याएको थियो ।

डाक्टर दाहालले यी सबै घटनामा कानुन अनुसार कडा रुपमा अगाडि बढेपछि परिवर्तनको महसुस भएको नागरिक स्तरबाटै अहिले डीएसपीको तारिफ भएको छ । बिदाको दिन जिल्ला प्रशासनको अनुमति बिना सरकारी सवारी चलाउनेहरुलाई कारवाही पनि लोकप्रिय प्रथा रहेको धेरैको आंकलन रहेको छ ।

नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले गरेपछि थोरै व्यक्तिले पनि समाज परिवर्तन गर्न सकिने गतिलो उदाहरण अहिले जिल्ला प्रहरी कार्यालयले दिएको बताउनुभयो । जिल्ला प्रहरीको यो अभियानमा राजनीतिक दलहरुदेखि नागरिकसम्मको जिल्ला प्रशासन कार्यालयको ठूलो साथ पाइएको छ । जिल्ला प्रहरीको सुझाव पेटिकामा समेत प्रहरीले जुवा तास रोक्नेदेखि गरेका राम्रा कामको धन्यवादको सुझावहरु समेत आउन थालेका छन् ।

गलत गर्ने जो कोहीलाई कुनै पनि हालतमा कानुनको दायरामा ल्याउने विषयमा जिल्ला प्रशासन कार्यालयले ठूलो सहयोग गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले शान्ति सुरक्षा र सुशासनको विषय वा कुनै पनि कानुन विपरित काम गर्नेलाई छुट नदिइने बताउँदै आउनु भएको छ ।
नेताका फोन आउन छोडे

नेता वा जो कोही होस दवावमा आउने फोन अहिले जिल्ला प्रहरी कार्यालयमा आउन छोडेका छन् । धेरै जसो जिल्ला प्रहरी कार्यालयमा अपराधदेखि विभिन्न प्रकारका गल्तिहरु गरेर पक्राउ परेकाहरुको पक्षमा नेताहरुको फोन भेटघाट हुने गर्दछ । त्यो स्वभाविक पनि हो ।

आफूलाई मत हाल्ने कार्यकर्ताहरुको दवाव आएपछि नेताहरुले त्यस काम गनुपर्ने वाध्यता होला तर अहिले जिल्ला प्रहरी कार्यालय जुम्ला वा डीएसपी दाहालको मोबाइलमा अपराधिक गतिविधिमा संलग्नलाई छुट्याई दिनुपर्यो भन्ने नेताहरुको फोन नै आउन छोडेको डीएसपी दाहालले बताउनुभयो ।

पहिले–पहिले धेरै फोन आउथ्यो, जो सुकैले फोन गरे पनि कानुन अनुसार कारवाही गरी नछोडने भएकाले अहिले फोन कम आउने गरेका छन, दाहालले थप्नुभयो । बजारमा पनि यो डीएसपीले मान्दैन भनेर फोन नै गर्न व्यर्थ भनेर नेताहरुले भन्ने गरेको आवाज सुन्न मिल्ने गर्दछ ।

जुवातास ठप्पै
डीएसपी दाहाल जुम्ला आउने वित्तिकै उनको पहिलो अभियान जुवा रोक्ने थियो । साच्चिकै नौ महिनामा जुम्ला सदरमुकाम खलंगामा जुवातास खेल्न ठप्प भएको छ । पहिले चाड पर्व वा कुनै पनि समयमा व्यवसायिक रुपमा धेरै खेलिने गरिन्थ्यो तर अहिले सदरमुकामा नियमानुसार कडा कारवाहीले जुवा ठप्पै भएको हो ।

अब भने गाउँपालिका स्तरमा यो अभियान थालिने प्रहरीले बताएको छ । दशै यता जुवा खुल्ने मात्रै एक सय ५० जना कारवाहीमा परेका दाहालको भनाई छ । शनिवार वा बिदाको दिनमा पनि रमाइलोका लागि तास खेल्ने कर्मचारीहरु वा जिल्लाका वरिष्ठ मानिसहरुलाई समेत पक्राउ गरेर सम्झाई पठाएपछि रमाइलोका लागि पनि जुम्लामा जुवा खेलेको देखिँदैन ।

ड्रग्सवालाको भागाभाग
प्रहरीको कडा खोजी अभियानले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध प्रयोग गर्ने युवाहरु समेत कानूनी कारवाहीमा परेपछि धेरैले जिल्ला छोडेका छन् त आधा दर्जन लागुऔषध प्रयोग गर्ने युवा युवतिलाईसमेतलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कारवाही गर्न थालेपछि अब यो जिल्लामा लागुऔषधवालाको भागाभाग भएको छ, केही व्यापारी पनि कारवाहीमा परेको जिल्ला प्रहरीले बताएको छ ।

सामाजिक चेतना फैलाउँदै
एकातिर नियमानुसार गल्ति गर्नेलाई कडा कारवाहीको दायरामा ल्याएर सच्याउनेदेखि अर्को सामाजिक चेतना फैलाउन जिल्ला प्रहरी कार्यालयले थालेको छ । जिल्ला प्रहरी कार्यालयले जबरजस्तीकरणी र लागुऔषध दुर्व्यसनीको नियन्त्रणका लागि सरोकारवाला निकायहरुसँगको सहजीकरणमा सामाजिक चेतना फैलाउन सुरु गरेको छ ।

युवा समितिको कार्यालय जुम्लाले एक साता अगाडि गरेको कार्यक्रममा जिल्लाका ५० जना युवाहरुलाई लागुऔषध दुव्र्यसनीको परिभाषा, समाजिक असर र कारवाहीको बारेमा डीएसपीले आफै अभिमुखकिरण गरेका छन् ।

यसैगरी स्थानीय तहमा स्तरमा महिला तथा बालबालिका कार्यालयको सहकार्यमा जबरजस्तीकरणी न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमहरु समेत सुरु भइरहेका छन् । यसैगरी यही अवधिमा जिल्लाका विभिन्न गाउँपालिकाहरुमा निःशुल्क जग्गा प्राप्त गरी आफ्नै संरचना निर्माण अभियान समेत तिब्र थालिएको छ ।

अहिले जुम्ला बजारमा जुवा तास बन्द हुनुका साथै मदिरा खाएर हल्ला गरेको व्यक्ति नदेखिने लोकप्रिय काम गरेको भन्दै नागरिक स्तरबाट फोन गरेरै प्रेरणा दिने काम भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो । उहाँले यो संस्कारपछि रहने नरहने विषयमा भने आफूलाई डर लागेको बतानुभयो ।

कमलामाई ६ सिन्धुली स्थायी ठेगाना भएका उहाँले प्रशासनदेखि विभिन्न तीन विषयमा स्नाकोत्तर, त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि –पीएचडी० र कानुनमा स्नातक अध्ययनरत पनि गर्नुभएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघ मिसनको यूएन पोलिस एडभाइजर भएर सुडान र डाफरमा समेत काम गरेकोदेखि नेपालमा उहाँ काम गरेको जिल्ला र स्थानमा गरेको कामहरु लोप्रिय मानिनुहुन्छ । यसैले भोलिका दिनमा जुम्ला दीर्घकालिन जुवा तासरहित र शान्तिपूर्ण जिल्ला रहिरहने संस्थागत निरन्तरताको आवश्यकता छ ।





error: Content is protected !!