सांसदलाई गरियो सम्मान

काठमाण्डौ । नेपाल बुद्धिजीवी परिषद् डोल्पाले पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी र पर्यटन राज्य मनत्ती धनवहादुर वुढालाई सम्मान गरेको छ । डोल्पा जिल्ला सुखी, डोल्पालि समृद्ध डोल्पा भन्ने अभियानका साथ डोल्पा जिल्लाको प्रस्तावित बिकासको अबधारणा पत्र तयार पारी पहाडी र वुढालाई वुझाएको छ ।
जिल्लाबाट निर्बाचित संघीय संसद,सरकारका प्रतिनिधि र सम्बन्धित पक्षलाई हस्तान्तरण गरि डोल्पाको विकासमा थप टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । पत्र वुझदै पुर्व मन्त्री पहाडीले डोल्पाको विकासका लागि आफु भर्खरै मात्र स्थलगत अनुगमण गरि , विकासका सम्भावना औल्याएको बताउनुभयो । अव हामी छिटै दिर्घकालिन विसकाका ठोस योजना बनाएर अगाडी बढ्ने बताउनुभयो ।










