बुढाको अध्यक्षतामा राहत शिक्षक नगर कार्यसमिती गठन,समान कामको समान ज्याला पाउनुपर्ने माग !

त्रिपुराकोट(डोल्पा) १६ बैशाख यहाँको त्रिपुरा सुन्दरी नगरपालिकामा नेपाल राहत शिक्षक समितीको नगर कार्यसमिती चयन गरिएको छ ।
आईतबार नगरको केन्द्र बगर बजारमा नगरस्तीय भेलाराख्दै सात सदस्यीय नगर कार्यसमिती चयन गरिएको हो ।

अध्यक्षमा चन्द्र बहादुर बुढा,उपाध्यक्षमा लोकेश खत्री,सचिवमा दिपक बोहोरा,कोषाध्यक्षमा प्रतिमा पहाडी,सदस्यमा ज्ञान बहादुर रोकाय,लक्ष्मी बोहोरा र केशव उखेडालाई सर्वसम्मत रुपमा चयन गरिएको राहत शिक्षक समिती डोल्पाका अध्यक्ष पुर्ण केशर न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा दुर्गम जिल्लामा पठनपाठन गराउँदै आएका राहत शिक्षकहरुले अन्य शिक्षक सरह समान कामको समान ज्याला को शिद्धान्त अनुरुप दुर्गम भत्ता र पोशाक भत्ता समेत सरकारले उपलब्ध गराउनुपर्ने माग राखेका थिए ।

एउटै छानोमुनी पढाउने शिक्षकबिच पनि पारिश्रमीकमा बिभेद शिर्जना गरिँदा राहत शिक्षकहरुको मन दुखेको शिक्षकहरुले गुनासो गरेका थिए ।

नगरकार्य समिती चयनसँगै सात सदस्यीय सल्लाहकार समिती समेत चयन गरिएको छ ।
जिल्लाभर ६५ जना राहत शिक्षकहरु कार्यरत रहेको राहत शिक्षक समितीले जनाएको छ ।
त्रिपुरा सुन्दरी नगरपालिकामा मात्रै सोह्रजना राहत शिक्षकहरु कार्यरतरहको छन् ।

रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!