राज्यले वषौ देखिको लिएको रिण अव डोल्पालीलाई दिनुपर्छ पहाडी

लेख बुढा दुनै डोल्पा
सामान्य बजेट ले कणार्लीका अस्पताल मा सुधार नआउने प्ुार्व शान्ती मन्त्री तथा सांसद सत्य पहाडीले बताउनु भएको छ । कर्णालीका जिल्ला भौगोलिक हिसावले विकट,महगीँ,हावापानीमा फरक भएकोले सामान्य बजेटले केहि गर्न नसकिने उहाँले बताउनु भएको छ ।

शुक्रबार जिल्ला अस्पताल डोल्पामा हुन लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नेपाल सरकार को सहकार्यमा पाठेघर को समस्या सम्बन्धि को शिविर उद्घाटन गदै पुर्व शान्ती मन्त्री तथा सांसाद सत्य पहाडी ले यस्तो बताउनु भएको हो । पहाडी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ( कास ) को सिनेट सदस्य पनि हुनुहुन्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले कर्णाली का बिभिन्न जिल्लाहरुमा तमाम चुनौती का विचमा ठुलो सेवा दिदै आइरहेको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई धन्यवाद दिनुभयो ।

भौगोलीक हिसावले सवैभन्दा ठुलो जिल्लाको जिल्ला अस्पताल डोल्पालाई १५ सैयाबाट ५० सैया बनाउने प्रक्रिया अगाडी बढेको पुर्व शान्ती मन्त्री पहाडीले बताउनु भयो ।




सम्बन्धित समाचार


error: Content is protected !!