औपचारिक शिक्षा नपाएकालाई टोल ,टोलमा शिक्षा

हेमन्त के सी
जाजरकोट । विद्यालय जाँन बाट बन्चित भई निरक्षर रहेका यहाँका स्थानीयलाई टोल,टोल पढाई सुरु गरिएको छ ।
गत पुस २५ गते देखि बैशाख २५ सम्म निरन्तर सामुदायिक सिकाई केन्द्र मार्फत टोल,टोलमा पढाई सुरु भएपछि जाजरकोटमा साविकका २४ गाविसका स्थानीयवासीहरुले शिक्षा आर्जन गरेका छन् । निरक्षरको संख्य बढी भएको क्षेत्रमा प्राथमिकता दिई सामुदायिक सिकाई केन्द्र मार्फत कार्यक्रम सञ्चालन गरि कक्षा सञ्चालन गरिएको हो । जिल्लाका बिभिन्न ठाउँमा १ सय ९९ ठाउँमा कक्षा सुरु भएका छन् । प्रति कक्षामा ८ देखि ११ जना सम्मा स्थानीयलाई कक्षामा सहभागी बनाई साक्षर बनाउने उदेश्य रहेको श्रीगणेस सामुदायिक सिकाई केन्द्रका अध्यक्ष प्रकाश चन्दले जानकारी दिनुभयो ।
१५ वर्ष देखि ६० वर्ष सम्माका निरक्षरलाई सिकाई केन्द्र मार्फत साक्षर बनाउने लक्ष्य रहेको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ । निरन्तर शिक्षा मार्फत २४ वटा सामुदायिक सिकाई केन्द्र मार्फत जिल्लाका १ सय ९९ बटा कक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । कक्षामा निरक्षर भएका र सामान्य लेख,पढ् गर्न सक्ने स्थानीयहरु सहभागि रहेका छन् । अघेल्लो वर्ष पढेर बीचमा कक्षा छाडेका स्थानीयवासीहरु सहभागि भएको बताएको छ । छोरा,छोरीलाई विद्यालय पठाएर आफुहरु समय मिलाएर पढ्न आउँदा खुसी लाग्ने गरेको नलगाड नपा ८ का कल्पना खत्रीले बताउनुभयो ।
आफु जस्तै थुपै पढ्न ,लेख्न नसक्ने दिदी,वैनीहरु कक्षामा आएर संगै पढ्छौ र सुख,दुखका कुरा गर्दा मन हलुको समेत हुँने गरेको उहाँको भनाई छ । आफ्नो दाजु,भाई,दिदी ,वैनी काकीलाई पढाउँन पाउँदा र उहाँका जिज्ञासा सुन्दा आनन्द हुँने गरेको शिक्षिका सरिता खड्काले बताउनुभयो ।





error: Content is protected !!