अभावको जिन्दगीमा नै फेरी अर्को निर्मम प्रहार

  •                       हेमन्त के सी
    जाजरकोट  । घरमा बाबाको मृत्यू भएको पनि तीन वर्ष वितिसक्यो , साना,साना भाई बैनी र बुढेसकालमा आमाको रेख,देखमा जीवन बेथित गरिरहेकी सरिता घरकी जेठी छोरी हुँन् । उहाँ जम्म अहिले २१ वर्षको हुनुभयो । आर्थिक रुपमा निकै कम्जोर परिवार दैनिक अर्काको काम गरेर खानुपर्ने वाध्यताको बीचमा वाँचिरहेको सरिताको परिबार अहिले ठुलो समस्यामा परेको छ ।
  • जिल्लाको दुर्गम ठाउँ नलगाड नगरपालिका वडा १० रावतगाउँमा सरिताको जन्म भएको हो । सानै उमेरमा सरिताको पाठेघरमा समस्या आउँदा उपचार गर्ने रकमको अभावमा अहिले सरिता तनावमा छन् । सामान्य विरामी जस्तो लागेपछि उपचार गर्ने भन्दै सरिता भारत जानुभयो । भारतमा चार महिना कमाएको रकमबाट उहाँको उपचारका लागि एक अंश पनि पुगेन । डाक्टरले सरितलाई पाठेघरमा क्यान्सर भएको छ भनि जानकारी गराएपछि आफ्नो चिन्ता भन्दा पनि अव भाई,वैनी कसरी पाल्ने भन्ने पिरलो सरिताको दिमागमा गहिरो रुपमा परर्यो । कमाउने उमेर भएकी सरिता आफै विरामी भएपछि बुढेसकालमा अव भाई वैनी र आमाको स्याहार कसले गर्ला भन्दै दिन रात रोएर बसीरहनुभएको हुन्छ । पैसा भएको भए आफ्नो उपचार गर्ने र आमा र भाई बैनीलाई पालन पोषन गर्ने सरिताको ठुलो चाहना थियो । गाउँको जग्गा विक्री गर्दा पनि न भाई,वैनीलाई पढाई र आमाको भरपर्दो व्यवस्था हुन्छ न त सरिताको उपचार नै ? अहिले पीडाको बीचमा सरिताको जीवन वाँचिरहेको छ । अहिले गाउँकै चौखा बजारमा होटलमा भाँडा माझेर सरिता दैनिक संर्घषका जीवन चलाईरहनुभएको छ । उपचार गर्न जाँऔ पैसा छैन् , नजाँऔ मृत्यू पर्खेर कति दिन बस्ने भन्दै सरिता चिन्तामा हुनुहुन्छ । घरमा जिम्मेवार अभिभावक भएको भए केही सहयोग हुने थियो , सवै आफु भन्दा साना भाई वैनी छन् , आमालाई वुढेसकाल लागिसकेको छ ।
  • होटलमा काम गरेको पैसाले भाई,वैनीलाई विद्यालयमा पठाउँन ठिक्क हुन्छ । उपचारका लागि रकम वच्दैन् सरिताले भन्नुभयो । गरिव हुनु के पाप हो उहाँले प्रश्न गर्नुभयो । के गरिवको जिन्दगी कुकुर सरह हुन्छ ? चौखाकै बाटो भएर सयौ नेता , मन्त्री हिडे ,चुनावमा भोट पनि मागे । तर आज त्यही भोट हालेर भारी मतले विजय बनाउने सरिता आर्थिक अभावले मृत्यूको मुखमा पुगिसक्दा पनि कसैले एक शव्द वोल्दैन्न । न त कसैले के भएको छ भनि अहिले सम्म सोधेका छन् नै ? बलेको आगो मात्र ताप्ने यो दुनियाँ , निभ्न लागेको आगो बाल्ने प्रयासमा कोही नलाग्ने रहेछन् सरिताले पिडा पोख्नुभयो ।




error: Content is protected !!