कुपर्था विरुद्धको कार्यक्रम सम्पन्न,जनचेतना फैलाउनको लागी यूवाक्लव गठन

लेख बुढा ,डोल्पा
मंगलबार ठुलीभेरी नगरपालीका वडा नं ८ जुफालमा कुुपर्था विरुद्धको भियान अन्तरगत विभिन्न कार्यक्रम गरिएको छ । घरघरमा मानव अधिकार शान्ती र विकास को आधार भन्ने मुल नारको साथ किर्डाक नेपालको आयोजना र आधारको साहयोगमा बिडिथान आधाभुत विधालय जुफालका विधार्थी,शिक्षक ,अबिभावक,स्थानिय आमा समुह,जनप्रतिनिधि,यूवाक्लव स्थानियहरुको उपस्थीतीमा कुपर्था विरुद्धका र्याली निकाली विभिन्न जनचेतना मुलक कार्यक्रम गरिएको छ । महिला हिँस ,बालविबाह,जातीय विभेद अन्त्य गर्ने र घरघरमा मानव अधिकारको रक्षा गर्नु पर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएको थिए ।
डोल्पा जिल्लामा पछिल्लो समयमा विस्तारै कुपर्था,र बालविवाहा अन्त्य हुदै गएता पनी यसलाई अन्त्य गर्नको लागी स्थानीय तहले विशेष जनचेतना मुलक कार्यक्रको तयारी गरेको ठुलीभेरी नगरपालीका वडा नं ८ का वडा अध्यक्ष हरिप्रसाद डागीँले बताउनु भयो । कुपर्था कुसँस्कार अत्यगर्नको लागी विभिन्न सँघ सँस्थाहरुलाई जनचेतानामुलक कार्यक्रम स्थानिय तहसगँ सहकार्य गर्न वडा अध्यक्ष डागीँले आग्रह गर्नु भएको छ ।
त्यस्तै ठुलीभेरी नगरपालीका वडा नं ८ जुफालमा मानव अधिकार रक्षा गर्ने र विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालन गर्नको लागी वडा स्तरीय ११ सदसीय मन्मा समाज प्रगतीशील यूवा क्लव गठन गरिएको छ । मंगलबार गठन गरिएको मन्मा समाज प्रगतिशिल यूवा क्लवको अध्यक्षमा विनिता बि.क, उपाअध्यक्षमा कर्ण नेपाली,सचिवमा,मंगली बुढा,कोशाअध्यक्षमा भुपेन्द्र शाही लागयत ७ सदस्यको यूवाक्लव गठन गरिएको किर्डाक नेपाल डोल्पाकी सुपरभाईजर सबिना बोहोराले बताउनु भयो । उक्त यूवा क्लवले स्थानिय तह र विभिन्न सँघ संस्थाहरु सगँ सहकार्य गरेर बालविवाहा विरुद्ध ,छाउपडी विरुद्ध छुवाछुत जातीय भेदभाव विरुद्धको विभिन्न जनचेतामुलक कार्यक्रम गर्ने पनी सुपरभाईजर बोहोराले बताउनु भयो ।










