जनार्दन शर्मा बने १५ टुहुरा बालबालिकाको अभिभावक

जाजरकोट । पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा १५ बालबालिकाको अभिभावक बनेका छन् ।

सोमबार शर्माले रुकुमको आठबिस्कोट नगरपालिकाका १५ जना टुहुरा बालबालिकालाई विद्यालय भर्ना गरेर उनीहरुको अभिभावक बनेका हुन् ।

उक्त कार्यक्रममा नेता शर्माले १५ जना बालबालिकालाई न्यानो कपडा बितरण गरेर विद्यालय पनि भर्ना गराएका हुन् । साथै शर्माले ४०० सुत्केरी महिलालाई पौष्टिक आहार पनि बितरण गरेका हुन् ।

सरकारले नयाँ वर्ष २०७५ लाई विद्यालय भर्ना वर्षको रुपमा मनाइरहँदा शर्माले एकैपटक १५ विद्यार्थीलाई विद्यालय भर्ना गराएर अभिभावक बनेका हुन् ।





error: Content is protected !!