जिन्दगी

म, म बन्न खोजिनँ
तिमी जस्तै बन्न खोजे
न आफु जस्तो बने
न तिमी जस्तो बने
म चेपागाँडा बनेको छु
न माछो न भ्यागुतो ।
म भित्रको तागत
उल्टो घुमाएर भएपनि
तिमी जस्तो बन्नु छ मलाई
म भित्रको मौलिकता
अदम्य साहस
लाेकेन्द्र भण्डारी
स्वतन्त्र इच्क्षाहरु
बन्द पिजडा भित्र हुलेर
सिकिरहेको छु सुगाले जस्तै
आफ्नै नाम “पट्टु”
यत्तिसम्म थाहा छैन
मेरा पखेटाले
मेरो जिन्दगीको जहाज
हजारौ माइल उडाउन सक्छन।
तिम्रो पछि पछि दौडिदा दौडिदा
मैले आफ्नै गति हराएको छु
मैले आफ्नै लय हराएको छु
मैले आफैलाइ चिन्न सकिनँ
मेरो जिन्दगीको धुन
म जस्तो बनाउन सकिनँ
मानौ बाँसुरीमा औला अरुकै छन
मैले केवल बाँसुरी फुकिरहेको छु।










