रारामा ओलीले बोल्दा बोल्दै ढलेका वडाध्यक्षको मृत्यु

मुगु रारा–कर्णाली पर्यटन वर्ष–२०७५ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । स्थानीय तह निर्वाचनमा घर्ती नेकपा ९एमाले० बाट निर्वाचित भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका छन् । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।





error: Content is protected !!