अवस्था बदलिएन भने

सुनाउनु पर्ने जनताका अपेक्षाहरु अनगिन्ति छन
त्यस्तै छन अनपेक्षित राजनीतिक घटनाक्रमहरु
अनि असहिष्णु मानवीय सोचहरु
चिन्ता , गंभिर्यता र चुनातिपुर्ण जिम्मेवारीका विचमा
झेलाई भईरहेछन समयहरु
अनि पचिरहेछन स्वाभिमान र स्वाधीनता माथिका चोटहरु
अव त पुग्यो कि जस्तो लाग्छ
तर मान्दैन मन अनि बिचार
अन्याय , असमानता र अपमानका बिरुध्द लडीरहन्छ
हो नेलले पारेका नाडी का साम्लाहरु मेटिएका छैनन
यातनाले गहिरीयका घाउका खाटाहरु उक्कीएकै छैनन
बाबुसापका हुकुमहरु हुन या
बाबुसापका मैयाहरुका फरमानहरु हुन
अहिले पनि मान्न तैयार छैन अपमानका आदेशहरु
त्यसैले गर्न सकिन आमा तिमीले आरायको काम
मैले आफ्नो अपमानको साटो
तिम्रो सुन्दरता र सम्मपन्नता मागेकै हु
सतीत्व लुटीएकि मेरी संगीनीहरुको लागि न्याय मागे
भ्रुणमानै मारीएकि अनुपस्थिता को निसाप मागे
हेपाईको घुट्को निलेर भए पनि
मनलाई सान्त परेर
मेरो लागि होईन
तिम्रो लागि मागेकि हु सब थोक
तर अनुहार बदलिएका छन बादशाहाहरुका
हैकमहरु बदल्न बाकि छ
त्यसैले होला
तिमीले अरायको काम गर्नै सकिन
तिमी मलाई जे भन
जसो जसो भन
तिमीले सिकायको स्वधिनता र स्वाभिमान बेच्नै सकिन
त्यसैले तिमीले अराएको काम अझै भएन
तर पनि मेरो यात्रा रोक्नै सक्दिन
तिम्रो शिर कहिल्यै झुक्नै दिदैन
आज फेरी मेरो वर्म बोल्यो
आफै प्रतिको अपमान सहनै सकिन
आज फेरी उठाए
ईन्क्लावको मुट्ठी
उनिहरु को किल्ला भित्रै
तिम्रो अपमानको बिरुध्द
मेरो अपमान का बिरुध्द
फेरी खवरदारी आवज उठाए
र भनि दिए आमा
अब रवाफ बदलिएन भने
तिम्रो माग अनुरुपको
अवस्था बदलिएन भने
अर्को हुरी चल्न सक्छ
अर्को आधि आउन सक्छ
न त्यो उनले चाहेर रोकिने छ
नत न त कसैको आदेश ले थमिनेछ
हो आज फेरी भनि दिए आमा
नत बाबु सापले गरेको अपमानले लछारीनेछ
न त मैया सापले गरेको हुकुमले डराउने छ
आशा आक्रोस बन्न के बेर
आक्रोसले आगो बल्न के बेर
सत्य पहाडी









