आईजीपी बन्न नपाएका रमेश खरेलले दिए राजीनामा

 

काठमाडौं–नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएको बताएका छन् ।

सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै सो प्रति असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।

भेरीखवर संग कुराकानी गर्दै उनले आफूले आजै प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको दाबी गरे । ‘आज राजीनामा दिएको छु, यो अहिले म धेरै बोल्न चाहन्न’, उनले भने ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र कार्यदक्षताका आधारमा खनाललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

खरेल प्रहरी सेवामा २९ वर्ष बिताएका छन् ।





error: Content is protected !!