डोल्पामा विद्यार्थीको पढाइ परीक्षण गरिने

डोल्पा — डोल्पाका सामुदायिक विद्यालयहरुमा पढाइ सीप परीक्षण गरिने भएको छ । कक्षा २ र ३ का विद्यार्थीहरुमा प्रारम्भिक कक्षा पढाई सीप परीक्षण गर्न लागिएको हो ।

विकासमा मात्र नभएर शिक्षामा समेत पछाडि परेको जनाउदै जिल्ला शिक्षा कार्यालय डोल्पाले अबको केही महिनाभित्र विद्यालयहरुमा नेपाली भाषा पढाई सीप परीक्षण गर्न लागेको छ।

कक्षा ३ र ४ मा पढ्दै गरेका बालबालिकाहरुको तोकिएको विधि प्रयोग गरेर उनीहरुको पढाइ सीप परीक्षण गर्ने कार्यालयले जनाएको छ।

विद्यार्थीको परीक्षा लिनका प्रत्येक विद्यालयबाट नेपाली विषय पढाउने शिक्षकलाई परीक्षकका रुपमा तयार गर्नका लागि तालिम सुरु गरिएको छ। शैक्षिक गुणस्तर मापन केन्द्रको कार्यक्रम अनुसार जिल्ला स्तरीय प्रशिक्षक तयारीका लागि बिहीबारदेखि प्रशिक्षक तालिम सुरु गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले बताए।

तालिम लिएर गएका जिल्ला प्रशिक्षकहरुले तोकिएको नगरपालिका तथा गाउँपालिकामा गएर परीक्षकहरुलाई तालिम दिने छन्। परीक्षकहरुले तोकिएको मापदण्ड बमोजिम परीक्षा सञ्चालन गर्नु पर्नेछ। जिल्लाका एक सय विद्यालयहरुमा एकैपटक एकै समयमा पढाइ परीक्षण गर्ने कार्यालयले जनाएको छ।





error: Content is protected !!