यी हुन् कर्णालीका मुख्यमन्त्रीले मानेका साला जसले पत्रकारलाई धम्की दिए, प्रहरीमा मुद्दा

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सालाले पत्रकार नरेश भण्डारीलाई धम्की दिनुको साथै सामाजिक संजालमा गाली बेइजत गरेका छन् । मुख्यमन्त्री शाहीकी श्रीमति चन्दा शाहीले नपढाएरै तलब खाएको समाचारलाई लिएर उनले धम्की दिनुको साथै सामाजिक संजाल फेसबुकमा जथाभावि गाली गरेका हुन् ।
मख्यमन्त्रीका साला लोकेन्द्र शाहीले फोन गरेर ठिक पार्ने धम्की दिनुको साथै सामाजिक संजालमा तल्लोस्तरको गाली बेइजती गरेका छन् । उद्यपी उनी शाही मुख्यमन्त्रीका आफ्नै साला भने होइनन् । उनको घर हुम्ला हो भने मुख्यमन्त्री शाहीको ससुराली कालिकोट हो । तर, दिदी(भिनाजु भन्दै लामो समयदेखि उनी सँगै बसिरहेका छन् ।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका सदस्य भण्डारी जनमास मासिक पत्रिका र रारान्यूज डटकमका सम्पादक हुन् । भण्डारीले आफ्नो सार्वजनिक रुपमा मानहानी भएको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।
‘समाचारको विषयमा चित्त नबुझे राज्यका सम्बन्धित निकायहरु छन्, त्यहाँ जानु पर्थ्यो तर सामाजिक संजलामा मेरो चरित्रहत्या गर्नेगरी अभिव्यक्त दिनु भएको छ, सम्बन्धित निकायमा जान्छु’ भण्डारीले अनलाइन डबलीसँग भने । उनले नेपाल पत्रकार महासंघलाई पनि जानकारी गराएको बताए ।
लामो समयदेखि मुख्यमन्त्री शाहीसँगै बस्दै आएका शाहीले फेसबुकमा ‘ठकुरीशाही कार्ल माक्स’ नामबाट फेसबुक चलाउँदै आएका छन् । उनले पत्रकार भण्डारीको फोटोमा मानसिक सन्तुलन ठिक नभएको भन्दै सुधारकेन्द्रमा लिनुपर्ने लेखेका छन् । फेसबुकमा लेख्नुभन्दा पहिला शाहीले ९८६९५२०६१८ नम्बरबाट पत्रकार भण्डारीलाई फोन गरेर धक्मी समेत दिएका थिए ।










